सिरहामा १३ दिन देखी हराएकी बालिकाको लाश बोराभित्र
सिरहा । सिरहामा दुई सात देखी हराइरहेकी बालिकाको लास बोरामा प्याक गरेको अवस्थामा फेला परेको छ।
गोलवजार नगरपालिका- ९ गोविन्दपुरकी १३ वर्षिय गुलशना खातुनको लास बोराभित्र प्याक गरेको अवस्थामा घुर्मी खोलाको किनारमा झारिभित्र शव फेला परेको हो।
गुलशना खातुन गत फागुन २९ गतेदेखि हराइ रहेकी थिईन् । आज मंलवार फेला परेको लाश उनकै रहेको स्थानियहरुले आशंका गरिएको छ।
लाश गुलशना कै हो भनेर अहिले एकिन हुन नसकेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी पञ्चकुमार बाखुले जनाएको छ।
उनले भने, ‘हामी घटना स्थलमा छौ। घुर्मी खोलाकिनारमा बोराभित्र कङ्काल फेला परेको छ। सो कङ्काल गुलशाना कै हो भनेर यकिन गर्न पोस्टमार्टम गराउन पठाउने तयारी गरिरहेको बताए।’
स्थानीय सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत बालिका खातुन बिहान ९ बजे घर बाहिर निस्केकी थिइन् । त्यसपछि उनी कता र कहाँ गइन् केही पतो लागेको थिएन।
छोरी हराएपछि गुलशनाकी आमा जाहेदा खातुनले इलाका प्रहरी कार्यालय मिर्चैयामा चैत १ गते नै खोजतलास गरी दिन भनेर हुलिया निवेदन दिएको दिइन् ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
