• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ बैशाख २०८३, आइतबार
०६ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो छ आजको मौसम पुर्वानुमान
  • ७ घण्टा 

२०८३ वैशाख ०७ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ७ घण्टा 

विद्यार्थीलाई नतिजा सार्वजनिक भएको १५ दिनमै ट्रान्सक्रिप्ट दिने विश्वविद्यालको निर्णय
  • २० घण्टा 

वैदेशिक अध्ययनका लागि एनओसी अब अनलाइनमार्फत घरबाटै उपलब्ध
  • २२ घण्टा 

२० करोडभन्दा माथि कारोबार गर्ने व्यवसायीका लागि विद्युतिय बिल अनिवार्य
  • २४ घण्टा 

लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
  • १ दिन 

नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन मर्मतसम्बन्धी तालिम सम्पन्न
  • १ दिन 

बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ वैशाख १ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • २. प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी

  • ३. नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

  • ४. बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

  • ५. आज मातातीर्थ औंशी : आमाप्रति सम्मान र स्मरणको विशेष दिन

  • ६. नयाँ वर्षको पहिलो दिनः कस्तो रहनेछ मौसम ?

  • ७. आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै

  • ८. २०८३ वैशाख ०३ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन मर्मतसम्बन्धी तालिम सम्पन्न

  • १०. देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

मोतीहारिमा अढाई करोडको स्मैक बरामद, नेपालबाट लागिएको दावी

जानकारी केन्द्र २०८१, चैत्र, ११

रौतहट । नेपालको रौतहट, बारा पर्सासँग सिमाना जोडिएको भारत बिहार पूर्वी चम्पारण जिल्लाको सदरमुकाम मोतीहारी प्रहरीले नेपाली रुपैयाँ अढाई करोड मूल्य बराबरको लागुऔषध स्मैक बरामद गरेको छ।

बिहारमा मदिरा उत्पादन बिक्रि बितरण तथा सेवन माथी सरकारले पूर्ण रुपमा प्रतिबन्ध लगाएपछि पूर्वी चंपारण जिल्लामा  लागुऔषधको कारोवार बढेसँगै नियन्त्रणको लागि प्रहरीले सक्रियता देखाएको हो।

स्थानिय नकरदेई थाना क्षेत्र अन्तर्गत सोमवार प्रहरीले ७ किलो भन्दा बढी लागुऔषध स्मैक बरामद गरेको हो, जसको अन्तर्राष्ट्रीय बजारमा लगभग नेपाली अढाई करोड़ रुपैयाँ मूल्य भएको मोतीहारी जिल्ला प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातले बताएका छन्।

आईपिएस अफिसर एसपी प्रभातले स्मैक तस्करीमा संलग्न चार जना तस्करको पहिचान भएको दाबी गरेका छन्। ती तस्करको खोजी भईरहेको बताएका छन्। बरामद लागूऔषध स्मैक नेपालको बाटो हुँदै भारतमा ल्याएको प्रहरीको भनाई छ।

प्राप्त जानकारी अनुसार नकरदेई प्रहरीले ठूलो परिमाणको लागुऔषध आईरहेको सूचनाको आधारमा प्रहरी दंडाधिकारी सह अदापुर अंचलाधिकारी अनामिका सिंहको उपस्थितिमा सर्च अभियान चलाएको थियो ।

सर्च अभियानको क्रममा सिरिसिया माल गांवस्थित एकजना ड्रग माफियाको ठेगानामा छापामारी गरिएको थियो। सो क्रममा गाउँ छेउ एउटा खाल्डोमा बोराभित्र राखिएको लागुऔषध स्मैक बरामद गरिएको हो।

सानो सानो प्लास्टिकको पुड़ियामा राखिएको थियो। जांच गर्दा लागुऔषध स्मैक रहेको तथा त्यसको तौल साढ़े सात किलोग्राम रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोतीहारीले जनाएको छ। तस्करहरु भने फरार भएको प्रहरीले जनाएको छ।

पछिल्लो समय बिहारमा लागुऔषधको कारोवार बढ्दैगएको देखिएको छ। बिहारमा मदिराजन्य पदार्थ उत्पादन,बिक्रि बितरण, सेवन माथी प्रतिबन्ध लगाइए पछी लागुऔषधको कारोवार बढेको जानकारहरूको अनुमान रहेको छ। मुख्यमन्त्री नीतीश कुमारको सरकारले बिहारमा सन २०१६ देखी मदिरा  प्रतिबन्ध लगाउने कानून लागू भएको थियो।

मोतीहारी जिल्लामा प्रहरी प्रमुखको रूपमा आईपीएस अफिसर एसपी सुवर्ण प्रभातले कमाण्ड सम्हाले देखी गैरकानूनी क्रियाकलाप माथी प्रहरीले अंकुश लगाएको छ। खुला सिमानाको फाइदा उठाउँदै लागुऔषध, गाँजा, अफिम, चरेस, स्मैक, मदिरा लगायतका सामान तस्करहरुले भित्रयाउने गरेका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यस्तो छ आजको मौसम पुर्वानुमान
विद्यार्थीलाई नतिजा सार्वजनिक भएको १५ दिनमै ट्रान्सक्रिप्ट दिने विश्वविद्यालको निर्णय
वैदेशिक अध्ययनका लागि एनओसी अब अनलाइनमार्फत घरबाटै उपलब्ध

ताजा

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ वैशाख ०७ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

विद्यार्थीलाई नतिजा सार्वजनिक भएको १५ दिनमै ट्रान्सक्रिप्ट दिने विश्वविद्यालको निर्णय

वैदेशिक अध्ययनका लागि एनओसी अब अनलाइनमार्फत घरबाटै उपलब्ध

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.