Jankari Kendra
१० भाद्र २०८३, बुधबार
Worldlink

३० हजार घुस सहित दुर्गौलिया चौकी इन्चार्ज पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, चैत्र, १४
३० हजार घुस सहित दुर्गौलिया चौकी इन्चार्ज पक्राउ

भैरहवा । रुपन्देहीको मर्चवार क्षेत्रबाट घुस सहित सई पक्राउ परेका छन । प्रहरी चौकी हाटीबनगाई (दुर्गौलिया) का प्रमुख प्रहरी नायब निरीक्षक (सई)खिम बहादुर खड्कालाई  ३० हजार नगद सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

दुर्गौलिया नाका हुँदै भन्सार छली अवैधरुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरीदिने भनी सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो ।

मायादेवी गाउँपालिका वडा नं.६ मकरीमाबाट नियन्त्रण लिई उनीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

जिल्लामा पछिल्लो समय तस्करी बढेसँगै तस्कर र सुरक्षा निकायको समन्धलाई यो घटना झस्काएको छ ।

Top Changing Nepal

युट्युब सट्स