सर्लाहीका राहुल साहको हत्या आरोपमा ६ जना पक्राउ
काठमाडौं । सर्लाही जिल्ला, चक्रघट्टा गाउँपालिका-८ का १९ वर्षीय राहुल साहको हत्या आरोपमा ६ जना पक्राउ परेका छन्।
पक्राउ पर्नमा सर्लाही, चक्रघट्टा गाउँपालिका-१ का निपु मण्डल (२२ वर्ष), गोकर्णेश्वर नगरपालिका-६ का विजय यादव (१८ वर्ष), गोकर्णेश्वर नगरपालिका-६ का करन कुमार महतो (१८ वर्ष), गोकर्णेश्वर नगरपालिका-५ का जोधन मण्डल (२३ वर्ष), गोकर्णेश्वर नगरपालिका-१ का उत्तम मण्डल (४५ वर्ष) र भारत बिहारका सुनिल शर्मा (२९ वर्ष) रहेका छन्।
२०८१ चैत ११ गतेदेखि हराएका साहको शव गाडेको अवस्थामा फेला परेको थियो। काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ बाहुनधारामा उनको शव चैत १५ गते माकलबारीको आरके मोटरसाइकल वर्कसपको पछाडि गाडिएको अवस्थामा फेला परेको थियो।
प्रारम्भिक अनुसन्धानमा लेनदेनको विवादका कारण हत्या भएको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
