मोटरसाइकलको ट्यांकीभित्र गाँजा तस्करी गरेको आरोपमा नेपाली युवक भारतमा पक्राउ
रौतहट । मोटरसाइकलको ट्यांकीभित्र गाँजा तस्करी गरेको आरोपमा रौतहटका एक जना युवक भारत बिहार पूर्वी चम्पारण झरौखर थाना क्षेत्रमा पक्राउ परेका छन्।
मोटरसाइकलको ट्यांकीभित्र चार किलो भन्दाबढी लागुऔषध गाँजासहित बौधिमाई नगरपालिका-३ मटिअर्वा गाउँका मुकेश साहलाई भारतीय क्षेत्रमा संयुक्त टोली पक्राउ गरेको सीमा सुरक्षा बल एसएसबी क्याम्प जमुनियाका प्रमुख सहायक कमान्डेन्ट भागसिंह गुर्जरले बताए।
सिमावर्ती भारतीय गाउँ पिठवा छेऊ पिलर संख्या ३५६/४ नजिकै मंगलबार साँझ आरोपी मुकेश साह प्रदेश २-०३-००७ प १७६७ नम्बरको कालो रङको पल्सर मोटरसाइकल चढेर शंकास्पद अवस्थामा भारतीय क्षेत्रमा प्रवेश गरेका थिए।
सीमा क्षेत्रको गतिविधि नियालिरहेको झरौखर थानाका गस्ती टोली र एसएसबी क्याम्प जमुनियाको टोलीले उक्त मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो।
चेकजाँचको क्रममा मोटरसाइकलको ट्यांकीभित्र चार किलो ३०० ग्राम गाँजा बरामद गरिएको एसएसबीका सहायक कमान्डेन्ट गुर्जरले जानकारी दिएका छन्।
पक्राउ परेका मुकेशले मोटरसाइकलको ट्यांकीभित्र गाँजा र सिटमुनि राखेर यसरी नै यसअघि पनि नेपालबाट भारतीय क्षेत्रमा तस्करीमार्फत गाँजा पुर्याएको सोधपुछको क्रममा स्वीकार गरेको एसएसबीले जनाएको छ।
बरामद गाँजा, मोटरसाइकलसहित साहलाई आवश्यक कारबाहीको लागि मंगलबार साँझ झरौखर थानाको जिम्मा लगाइएको एसएसबी क्याम्प जमुनियाले जनाएको छ।
मकवानपुरको बिकट ठाउँहरूमा उत्पादित लागुऔषध गाँजा पछिल्लो समय रौतहट र बाराको विभिन्न नाका हुँदै तस्करीको माध्यमबाट तस्करले भारतीय क्षेत्रमा पुर्याइरहेका छन्।
बिहार पूर्वी चम्पारण जिल्लामा प्रहरी प्रमुख एसपीको रुपमा आइपिएस अफिसर सुवर्ण प्रभातले जिम्मेवारी सम्हालेदेखि अपराधी तथा लागुऔषध कारोबारीहरूको भागाभाग भएको छ।
एसपी प्रभातको निर्देशनमा दर्जनौं अपराधीका साथै ठूलो संख्यामा लागुऔषध कारोबारीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय मोतिहारीले जनाएको छ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
