चोरीको अल्टो कार बरामद, १२ जना प्रतिवादी पक्राउ
रौतहट । रौतहट प्रहरीले भारतीय नम्बर प्लेटको चोरीको एउटा अल्टो कार बरामद गरेको छ भने १२ जना फरार प्रतिवादी लाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय राजापुर बाट गएको गस्ती टोलीले राजापुर नगरपालिका-३ डमार चौकमा चेकजाँचको क्रममा कागजपत्र नभएको डिएल जी सी क्यू ८२७७ नम्बरको अल्टो कार बरामद गरेको हो।
बरामद कारको कुल ५ लाख रुपैयाँ मूल्यांकनसहित आवश्यक कारबाहीको लागि शुक्रबार जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताए।
उता फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत प्रहरीले जिल्लाको विभिन्न स्थानबाट १२ जना प्रतिवादी लाई पक्राउ गरिएको उनले बताए।
जिल्ला अदालत रौतहटबाट दोषी ठहर भएर दण्ड जरिवाना तोकी लामो समयदेखि फरार रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बोक्सी आरोप मुद्दाका अनरजित महरा, रामफल महरा, रामापरी देवी, भोजेन्द्र महरा, कुटपिट मुद्दाका राम आधार यादव, प्रमोदी राय, गाली बेइज्जतीलगायतका मुद्दाका गरी १२ जना पक्राऊ परेका प्रवक्ता रायले बताएका छन्।
फैसला कार्वान्यनको लागि प्रतिबादीहरु लाई जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको जिल्ला प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा सञ्चालन गरिएको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत झण्डै १ हजार प्रतिवादीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
