रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते
रौतहट । जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रिगाहपुर तथा मातहतका युनिटहरुले मात्र ९ महिनाको अवधिमा नियम बिपरित चलेका सवारी साधन लाई गरेको कारवाहीबाट १ करोड रुपैयाँ बढी राजश्व संकलन गरेको छ।
गत साउन महिना देखी चैत मसान्तसम्म रौतहट जिल्लामा नियम बिपरित चल्ने ११ हजार ४८९ सवारी साधन लाई गरिएको कारवाहीबाट कुल १ करोड ७ लाख ४६ हजार रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीले न्युज कारखाना लाई बताएका छन्।
९ महिनाको अवधिमा जिल्ला भरीमा भएको ५४९ सवारी दुर्घटनामा ३८ जना मानिसको मृत्यु भएको इन्स्पेक्टर अधिकारीले जानकारी दिएका छन्। उक्त दुर्घटनामा परी ६६ जना मानिस गम्भीर तथा ८३६ जना सामान्य घाईते भएको ट्राफिक प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
ट्राफिक प्रहरीले सोही अवधिमा बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्न बिद्यालय, बाटो, सार्वजनिक स्थलमा गरी दुई हजार ३९९ सचेतना मुलक कार्यक्रम आयोजना गरेको जसमा ५३ हजार ९३६ जना मानिस सहभागी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
कम जनशक्तिको बावजूद जिल्लाको मुख्य पूर्व पश्चिम राजमार्गको बागमती, जुडिबेला, चन्द्रनिगाहपुर, गौर–चन्द्रपुर सडकखण्ड अन्तर्गत डुमरिया, गरुडा, शिवनगर, सुकदेव चौक, बम नहर, गौर र ग्रामीण क्षेत्रमा समेत ट्राफिक प्रहरी परिचालन गरिएको जनाईएको छ ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
