निजामती सेवामा प्रवेश उमेर घटाइयो, अवकाश उमेर सीमा बढाइँदै !
काठमाडौं । संघीय निजामती सेवामा प्रवेश गर्ने उमेर सीमा घटाउने र अनिवार्य अवकाश उमेर सीमा बढाउने प्रस्तावसहितको विधेयक संसदमा पेश भएको छ । संघीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवा सम्बन्धी सर्तहरू समेटिएको विधेयकमा अब पुरुषको अधिकतम प्रवेश उमेर ३५ वर्ष र महिलाको हकमा ३९ वर्ष कायम गरिनेछ ।
हालको व्यवस्थाअनुसार, पुरुषका लागि ३५ वर्ष र महिलाका लागि ४० वर्षसम्म निजामती सेवामा प्रवेश गर्न पाइन्छ । तर, सरकारले प्रतिनिधि सभामा दर्ता गराएको विधेयक र राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गत दिलेन्द्रप्रसाद बडूको नेतृत्वमा गठित ११ सदस्यीय उपसमितिको प्रतिवेदन अनुसार महिलाको हकमा एक वर्ष घटाइएको छ ।
नयाँ प्रस्ताव अनुसार, अधिकृत तहको पदमा प्रवेश गर्न कम्तीमा २१ वर्ष पूरा भएको हुनुपर्नेछ भने पुरुषले ३५ वर्ष र महिलाले ३९ वर्ष ननाघेको हुनुपर्नेछ । सांसदहरूका अनुसार, ४० वर्षमा सेवा प्रवेश गर्दा पेन्सन सुविधा प्रभावित हुने भएकाले उमेर सीमा घटाइएको हो । सेवा अवधिमा कम्तीमा २० वर्ष काम नगर्दा पेन्सन पाउने आधार नपुग्ने भएकाले यो प्रस्ताव ल्याइएको जनाइएको छ ।
यसका साथै, निजामती सेवाबाट अनिवार्य अवकाशको उमेर हद पनि दुई वर्षले बढाइनेछ । हालको ५८ वर्ष उमेर हदलाई क्रमशः ६० वर्ष पुर्याउने व्यवस्था विधेयकको प्रतिवेदनमा उल्लेख छ ।
विधेयक अनुसार, ऐन प्रारम्भ भएको मितिबाट पहिलो ६ महिनासम्म ५८ वर्ष ६ महिना, त्यसपछिको एक वर्षसम्म ५९ वर्ष ६ महिना र त्यसपछिको ६ महिनाबाट पूर्णरूपमा ६० वर्ष उमेर हद लागू हुनेछ । अवकाश उमेर सीमा पुरुष र महिला दुबैका लागि समान हुनेछ । नयाँ व्यवस्थाले निजामती सेवाको दीर्घकालीन संरचना व्यवस्थापनमा प्रभाव पार्ने सरकारको अपेक्षा छ ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
