डिआईजी आचार्यको मधेश प्रदेशको कार्यकाल: १ अरब बढी राजश्व संकलन
रौतहट । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका तत्कालीन प्रमुख डिआईजी हाल एआईजी लालमणि आचार्यको कार्यकालमा १ अरब भन्दा बढी राजश्व संकलन भएको छ।
डिआईजी आचार्यको निर्देशनमा प्रदेशको ८ वटै जिल्लामा बिगतको तुलनामा प्रगती बढी भएको हो। यस आर्थिक बर्षको साउन महिना देखी गत चैत्र मसान्त सम्म सप्तरी देखी पर्सा जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरुले कुल १ अरब,१० करोड,१८ लाख,२० हजार,९३७ रुपैयाँ मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।
जस मध्ये सब भन्दा बढी पर्सा जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्राको सक्रियतामा कुल ४६ करोड ,७ लाख,५९ हजार,७३७ रुपैयाँ मूल्य बराबरको अबैध सामान बरामद गरेको प्रदेश प्रहरीको प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यसैगरी ८ जिल्ला मध्ये सबै भन्दा कम जिल्ला प्रहरी कार्यालय सिरहा तथा मातहतका युनिटहरुले साेही अवधिमा मात्र १ करोड,२९ लाख,६८ हजार,५४ रुपैयाँको अबैध सामान बरामद गरेको देखिन्छ।
त्यसैगरी अबैध भारतीय सामानको तस्करी गर्ने १९६ जना तस्कर पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुका साथै भन्सार छलीको सामान ओसार पोसार गर्ने ६५९ सवारी साधन बरामद गरीएको प्रतिवेदनमा उल्लेख गरिएको छ। डिआईजी आचार्यको निर्देशनमा प्रदेशको ८ वटै जिल्लामा सञ्चालन गरिएको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत ९ महिनाको अवधिमा अदालतबाट दण्ड सजाय तोकिएर लामो समय देखि फरार रहेका ३ हजार ९१४ जना लाई पक्राउ गरिएको छ।
उनीहरूबाट ८ करोड,१० लाख,४३ हजार ४ रुपैयाँ असुल र ६४५ बर्ष, १हजार,३६४ महिना र ४ हजार ५८ दिन कैद भुक्तानीको लागि सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराइएको मधेश प्रदेश प्रहरी कार्यालय द्वारा उपलब्ध गराईएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
त्यस्तै लागुऔषध कारोवार नियन्त्रण अभियान अन्तर्गत प्रदेशको आठै जिल्ला स्थित प्रहरीले सोही अवधिमा १२ हजार ५१२ किलो,२० हजार ९०६ ग्राम गाँजा,१८४ किलो,२४५४ ग्राम चरेस,४४ किलो,१७६६ ग्राम,९६० मिलिग्राम अफिम बरामद गरिएको छ।त्यस्तै १९ ग्राम,९९९ मिलिग्राम ब्राउन सुगर,२२२५ ग्राम,,८३१३ मिलिग्राम हिरोईन, बिभिन्न किसिमका प्रतिबन्धित नशालु ट्याबलेट ३ लाख,३१३८ पिस ,२२ हजार ४७१ एमपुल नशालु ईन्जेक्सन र ३ हजार ४२५ फाईल नशालु सिरप बरामद गरिएको छ। उक्त लागुऔषध ओसार पसारमा संलग्न ४४१ जना तस्कर माथी मुद्दा दायर गरिएको छ।
जस मध्ये सबै भन्दा बढी जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङको सक्रियतामा ठूलो परिमाणमा लागुऔषध बरामद गर्नुका साथै १०४ जना तस्कर माथी लागू औषध सम्बन्धी मुद्दा दायर गरिएको देखिएको छ।
डिआईजी लालमणि आचार्य २०८१ भदौ ५ गते मधेश प्रदेश प्रहरी कार्यालय प्रमुखको रूपमा कार्यभार सम्हालेका थिए। उनको गत ४ गते एआईजी पदमा बढुवाको सिफारिस भएर गत १४ गते आईतवार मधेश प्रदेश प्रहरी कार्यालयबाट रवाना भई प्रहरी प्रधान कार्यालय काठमाडौं हाजिर भएका छन्। उनको सरुवा पछी मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको प्रमुख हालसम्म नतोकिए पनी डिआईजी उमा चतुर्वेदी आउने प्रहरीमाझ चर्चा चलेको छ
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
