• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ असार २०८३, सोमबार
१५ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सर्वोच्चको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर
  • ६ घण्टा 

ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम
  • ६ घण्टा 

एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण
  • ८ घण्टा 

नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट
  • ८ घण्टा 

तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर
  • ९ घण्टा 

विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश
  • १३ घण्टा 

टोखा रोडमा नयाँ शोरूम सञ्चालन, काठमाडौंमा कजारिया रमेश टायल्सको सेवा र बजार विस्तार
  • १४ घण्टा 

अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड
  • १४ घण्टा 

धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ३. २०१६ मा सन्यास घोषणा गरेका मेस्सीको ऐतिहासिक पुनरागमन, विश्व रेकर्ड कायम

  • ४. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

  • ५. २०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

  • ७. एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त

  • ८. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ९. अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

  • १०. करोडौं खर्च गरेर पोखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पको सपना असफल

कटहरिया बजारमा सार्बजनिक शौचालय नहुदाँ सयौंलाई समस्या : ऐलानी जग्गामा ब्यक्तिको भोग चलन

जानकारी केन्द्र २०८२, बैशाख, २४

रौतहट । रौतहटको चर्चित बजार कटहरियामा सार्वजनिक शौचालयको व्यवस्थापन नहुँदा सैयौं मानिसलाई सास्ती भोग्नु परेको छ। बजारको दक्षिणतर्फ अव्यवस्थित सार्वजनिक शौचालयबाट बजारका ब्यापारी तथा किनमेल गर्न आउने मानिसको जेनतेन काम चले पनि बजारको उतरतर्फ कठिनाई भएको हो।

बजारको उतरतर्फ नेपाल बैंक लिमिटेड, प्रहरी थाना छेउ सुनार चौकमा सार्वजनिक शौचालय नहुँदा स्थानिय ब्यापारीसँगै प्रहरी कार्यालय र बैंकमा आउने सेवाग्राहीलाई ठूलो शास्ती भोग्नु परेको छ। सुनार चौकमा बैंक, प्रहरी थाना, झण्डै एकदर्जन सुनचाँदीपसल संगै अन्य गरी दुई दर्जन पसल सञ्चालनमा रहेको छ । बजार क्षेत्रको अधिकांस पसलहरुमा शौचालय सुबिधा उपलब्ध छैन।

हप्ताको दुईपटक आईतवार बुधवार लाग्ने हाट बजारमा प्रहरी, बैंकसँग सम्बन्धित सेवाग्राहीका साथै सैयौं महिला पुरुष किनमेल गर्न आउने गर्दछन्। सो समयमा दिशा पिसाब लागेमा पुरुष सेवाग्राही अथवा पसलेहरु झण्डै ७०० मीटर टाढा सौच गर्न जानुपर्ने बाध्यता रहेको सुन चाँदी ब्यवसायी निरज ईन्टप्राईजेजका सञ्चालक जयमंगल साहले बताएका छन्।

जारको भीडमा ग्राहककै भरमा पसल छोडेर शौंच गर्न जानुपर्दा पसलको सामान हिनामिना हुने जोखिम रहेको ब्यापारी साहले गुनासो गरेका छन्। त्यसैगरी महिला सेवाग्राहीहरु सौच गर्न कसैको पारिवारिक घरमा अथवा बाँसघारी झ्याङमा जानुपर्ने बाध्यता रहेको अर्का ब्यापारी राधेश्याम साहले बताएका छन्।

सुनार चौकमै बाटो छेउमा रहेको १० लाख रुपैयाँ भन्दा बढी मूल्याङ्कनको करीब दुईधुर एलानी जग्गामा ब्यक्तिले धारा ( ट्युवेल) जडान गरी लामो समय देखि भोगचलन गर्दै आएका छन्। तर, कटहरिया नगरपालिकामा एकजना मेयर सियाराम कुशवाहाको कार्यकाल पूरा भएको तथा बर्तमान मेयर अजय प्रकाश जैसवालको कार्यकालको तेस्रो बर्ष बिति रहँदा बजारको उतरीचौकमा सार्वजनिक शौचालय बनाउनतर्फ ध्यान भएको छैन।

त्यसैगरी, कटहरीया- ५ बजारका वडा अध्यक्ष सर्फलाल गुप्ताको यो दोस्रो कार्यकाल चलिरहेको छ। नेपाली काँग्रेस क्षेत्र- ३ का सभापती समेत रहेका वडा अध्यक्ष गुप्ता बार्षिक वडाको सिलिङसँगै मधेश प्रदेश सरकारबाट करोडौँको योजना ल्याएर बढी नाफा हुने जनसरोकार नभएको स्थानमा काम गर्ने गरेका छन्।

तर, सैयौं मानिसको प्रत्यक्ष समस्या रहेको सार्वजनिक शौचालय निर्माण तथा भएको शौचालय व्यवस्थापन तर्फ वडा अध्यक्ष गुप्ताको कहिलै ध्यान नगएको वडाबासिले गुनासो गरेका छन्। मेयर अजयप्रकाश जैसवालले उक्त स्थानमा सार्वजनिक शौचालय निर्माण गर्न योजना स्वीकृत भईसकेको बताउँदै यसै आर्थिक वर्षभित्र निर्माण हुने प्रतिबद्धता जनाए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सर्वोच्चको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर
ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम
एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

ताजा

सर्वोच्चको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर

ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम

एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.