नेपाल चिकित्सक संघ रौतहटको अध्यक्षमा डाक्टर सुभाष चौधरी चयन
रौतहट । नेपाल चिकित्सक संघ रौतहटको अध्यक्षमा डाक्टर सुभाष चौधरी चयन भएका छन्।
शनिवार जिल्लाको उत्तरी भेग चन्द्रनिगाहपुरस्थित सम्पन्न चिकित्सकहरूको भेलाले चन्द्रपुर अस्पताल प्रालिका संचालक तथा प्रमुख चिकित्सक डाक्टर सुवास चौधरीकोको नेतृत्वमा १५ सदस्यीय चिकित्सक संघ रौतहट शाखाको तदर्थ समिति गठन गरेको हो।
नवगठित समितिको बरिष्ठ उपाध्यक्षमा डाक्टर कौशर आलम, उपाध्यक्षमा डाक्टर राकेश चौधरी, सचिवमा डाक्टर मनोज कुमार कौशल, कोषाध्यक्षमा डाक्टर सशि रञ्जन तिवारी, सहसचिवमा डाक्टर नबिन कुमार सिंह, सह कोषाध्यक्षमा डाक्टर रामभरोस प्रसाद चयन भएका छन्।
त्यस्तै सदस्यहरुमा डाक्टरहरु श्यामबाबु साह, राकेश कुमार साह, पंकज कुमार साह, यादव प्रसाद घिमिरे, रामईश्वर साह, अमरेश कुमार यादव, अम्बेडकर कुमार यादव र डाक्टर सदरे आलम चुनिएको अध्यक्ष डाक्टर चौधरीले न्युज कारखाना लाई बताएका छन्।
भेलाले डाक्टर राजेन्द्र कुमार चौधरी र डाक्टर अभिनन्दन श्रीवास्तव लाई संघको सल्लाहकार समितिमा चयन गरेको छ।
नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न कार्यक्रममा विशेष अतिथिको रुपमा केन्द्रीय महासचिव डाक्टर संजिव तिवारीसहित अन्य केन्द्रबाट बरिस्ठ चिकित्सकहरुको आतिथ्यतामा रौतहट जिल्लाभरीका चिकित्सकहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित समाचार
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

