सरकारको नयाँ व्यवस्था : अब नयाँ कर्मचारीलाई पेन्सन र उपदान नदिइने
काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीहरूलाई अब पेन्सन र उपदान सुविधा नदिने भएको छ । अर्थ मन्त्रालयले शुक्रबार एक परिपत्र जारी गर्दै नयाँ नियुक्त हुने कर्मचारीहरूका लागि पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको हो ।
परिपत्रमा उल्लेख गरिएअनुसार, योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दीर्घकालीन दायित्व अब नेपाल सरकारले नबेहोर्ने स्पष्ट उल्लेख गरिएको छ । अर्थ मन्त्रालयले हालसम्म कतिपय निकायमा अझै पेन्सन तथा उपदानको व्यवस्था कायम रहेको भन्दै अबदेखि सो प्रचलन अन्त्य गर्न आग्रह गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा बसेको मन्त्रिस्तरीय बैठकको असार २० गतेको निर्णय अनुसार सबै सरोकारवाला निकायहरूलाई यस सम्बन्धमा आवश्यक तयारी गर्न र व्यवस्था मिलाउन परिपत्र गरिएको मन्त्रालयले जनाएको छ ।
नेपाल सरकारले २०७५ सालदेखि सरकारी कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागू गरिसकेको भएपनि विभिन्न संस्थान, समितिहरू, बोर्डहरू तथा नियामक निकायहरूमा अझै पनि पुरानो पेन्सन प्रणाली कायम रहेको पाइएपछि यो निर्णय गरिएको हो ।
सरकारको धारणा अनुसार, सामाजिक सुरक्षाको जिम्मेवारी अवलम्बन नगर्ने निकायहरूले राज्यकोषमा दीर्घकालीन वित्तीय दायित्व सिर्जना गरिरहेको अवस्थामा, नयाँ कर्मचारीहरूका लागि सामाजिक सुरक्षा प्रणालीमा योगदान गर्ने आधारमै योजना कार्यान्वयन गरिनु अपरिहार्य भएको स्पष्ट गरिएको छ ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
