Jankari Kendra
२८ आश्विन २०८३, बुधबार

भारतीय पर्यटक माथी लुटपाट गर्ने तीन जना पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, असार, २४
भारतीय पर्यटक माथी लुटपाट गर्ने तीन जना पक्राउ

काठमाडौं । लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका घर भई काठमाडौं महानगरपालिका–१६ स्रोहखुट्टे नयाँबजार बस्ने २२ वर्षीय पासाङ तामाङ, २५ वर्षीय किरण कुमार मोक्तान र टोखा नगरपालिका–१० श्रृजना टोल बस्ने २८ वर्षीय निल कुमार तामाङ रहेका छन् ।

काठमाडौं महानगरपालिका–१६ ठमेलमा भारतीय पर्यटकहरूलाई अपरिचित व्यक्तिहरूले होटल खोज्न सहयोग गरी दिन्छु भनि गोंगबु बसपार्क नजिक रहेको धुर्ब तारा कम्प्लेक्सको छैठौ तल्लामा लगी कुटपिट तथा लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं नयाँबजारबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Top Changing Nepal

युट्युब सट्स