• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, असार २७, २०८२
शुक्रबार, असार २७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र

क्लब विश्वकपको फाइनल हेर्न ट्रम्प मेटलाइफ स्टेडियम जाने

आज मौद्रिक नीति सार्वजनिक हुँदै

मृतक ताराले छोड्यो सुराक, ५० वर्षपछि हल भयो अन्तरिक्ष रहस्य

युरोपमा भयो अत्याधिक गर्मी, २३ सय भन्दा बढीको मृत्यु

साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ५. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ६. हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

  • ७. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

  • ९. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • १०. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

बारामा ट्राफिकको ‘हेलमेट अभियान’ प्रभावकारीः ९५ प्रतिशत चालक हेलमेट प्रयोग गर्न थाले

बारा ।  ट्राफिक प्रहरीद्वारा सञ्चालनमा ल्याइएको ‘हेलमेट लगाउने अभियान’ प्रभावकारी बन्दै गएको छ।

अभियानअन्तर्गत बस्ती–बस्तीमा पुगेर ट्राफिक प्रहरी जनचेतना फैलाउँदै हिँडेपछि मोटरसाइकल चालकहरूमा हेलमेटप्रति सकारात्मक परिवर्तन देखिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख तथा प्रहरी निरीक्षक दीपक केसीका अनुसार अभियान सुरु गर्नुअघि करिब ६० प्रतिशत चालकले हेलमेट प्रयोग नगर्ने अवस्था थियो।

“अहिले त्यो संख्या घटेर पाँच प्रतिशतभन्दा कममा झरेको छ । ९५ प्रतिशतभन्दा बढीले हेलमेट प्रयोग गर्न थालेका छन,” उनले भने।

ट्राफिक प्रहरीले राजमार्ग मात्र नभई गाउँ, बजार, टोल टोलमा पुगेको छ। “हामी अब राजस्व संकलन होइन, जनचेतना फैलाउने अभियानमा केन्द्रित छौं,” प्रहरी निरीक्षक केसीले थपे।

उनका अनुसार दुईपांग्रे सवारीसाधन दुर्घटनामा हुने मृत्यु र गम्भीर घाइतेको दर उच्च भएकाले हेलमेट अभियानलाई निरन्तरता दिइएको हो।

दुईपांग्रे सवारीसाधनमा मोटरसाइकल, स्कुटर र साइकल पर्दछन्। एउटा अध्ययनअनुसार सडक दुर्घटनामा मृत्यु वा घाइते हुनेमध्ये २५ प्रतिशत मोटरसाइकल चालक र १६ प्रतिशत पछाडि बस्ने व्यक्ति रहेका छन्।

अध्ययनले देखाएको छ कि दुईपांग्रे दुर्घटनामा बढी चोट टाउको र घाँटीमा लाग्ने भएकाले यस्ता दुर्घटनाले गम्भीर अपांगता वा मृत्युको सम्भावना उच्च हुने गरेको छ। त्यसैले सबै पक्ष मिलेर दुर्घटनाबाट ज्यान जोगाउने अभियानमा हातेमालो गर्नुपर्ने प्रहरी निरीक्षक केसीको भनाइ छ।

बाराको निजगढ नगरपालिका क्षेत्रमा यो अभियान अझ प्रभावकारी ढंगले लागू गरिएको छ । इलाका प्रहरी कार्यालय निजगढ र ट्राफिकको संयुक्त टोली चेकजाँचका क्रममा हेलमेट नलगाएका सवारी चालकलाई सुरुमा सडकको सुरक्षित स्थानमा सवारी रोक्न आग्रह गर्छ । त्यसपछि चालकको नाम, नम्बर, गाडीको विवरण टिपेर हेलमेटको महत्त्वबारे जानकारी दिइन्छ ।।

हेलमेट नलगाएकालाई कारबाही गर्नुको साटो उनीहरूलाई घर गएर हेलमेट ल्याउन भनिन्छ। हेलमेट लगाएर फर्केपछि मात्र गाडी छोडिन्छ। इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार यस्तो चेतनामूलक शैलीले मानिसहरूमा व्यवहारिक परिवर्तन ल्याएको छ।

स्थानीयबासीहरू पनि अभियानबाट सन्तुष्ट देखिएका छन । प्रहरीको नम्र व्यवहार, दुई हात जोडेर ‘धन्यबाद’ दिँदै हेलमेटप्रति जागरूक गराउने शैलीले धेरैलाई हेलमेट नियमित प्रयोग गर्न प्रेरित गरेको उनीहरूको भनाइ छ।

ट्राफिक कार्यालय बाराले यो अभियानलाई अझ व्यापक बनाउँदै लैजाने तयारी गरेको छ। अभियानबाट दुर्घटनाको दरमा उल्लेखनीय सुधार आउने विश्वास प्रहरीले लिएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्लब विश्वकपको फाइनल हेर्न ट्रम्प मेटलाइफ स्टेडियम जाने
    आज मौद्रिक नीति सार्वजनिक हुँदै
    युरोपमा भयो अत्याधिक गर्मी, २३ सय भन्दा बढीको मृत्यु

    लोकप्रिय

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    ताजा

    ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

    यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र

    क्लब विश्वकपको फाइनल हेर्न ट्रम्प मेटलाइफ स्टेडियम जाने

    आज मौद्रिक नीति सार्वजनिक हुँदै

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
    • यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र
    • क्लब विश्वकपको फाइनल हेर्न ट्रम्प मेटलाइफ स्टेडियम जाने
    • आज मौद्रिक नीति सार्वजनिक हुँदै
    • मृतक ताराले छोड्यो सुराक, ५० वर्षपछि हल भयो अन्तरिक्ष रहस्य

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.