बारा । बारा जिल्लाको करैयामाई गाउँपालिका ७ उम्जनमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीया प्रेमलता चौधरी रहेकी छन् । आइतबार राति आफ्नै खेतमा रोपाइँ गरेर घर फर्कने क्रममा उनलाई चट्याङ लागेको थियो ।
चट्याङ लागेर गम्भीर घाइते भएकी चौधरीलाई उपचारका लागि सिटी अस्पताल कलैयामा पुर्याइएको भएपनि उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटना सम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।