मधेशका डिआईजी चतुर्वेदीद्वारा शान्ति सुरक्षा तथा अनुशासनमा कडाइ गर्ने निर्देशन
जनकपुर । मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदीले शान्ति सुरक्षा सुदृढ बनाउने तथा प्रहरी आचरण र अनुशासनमा कडाइ गर्ने निर्देशन दिएका छन्।
पछिल्लो समय मधेश प्रदेशको बिभिन्न जिल्लामा प्रहरीको अनेक कमजोरी उजागर भएपछी डिआईजी चतुर्वेदी कडा रुपमा प्रस्तुत भएका छन्।
आइतबार भर्चुअल माध्यमद्वारा आयोजित एक बैठकमा उनले जिल्ला प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, विशेष सुरक्षा गण ढल्केवर, मधेश प्रदेश प्रहरी गण जनकपुर, र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूसँग समन्वय गर्दै निर्देशन दिएका हुन्।
उनले हालको शान्ति सुरक्षाको अवस्था विचार गर्दै मातहतका इकाईहरूको काम कारबाहीको सुपरिवेक्षणलाई अझ प्रभावकारी बनाउन निर्देशन दिए। चतुर्वेदीले प्रहरी आचरण, अनुशासन र सेवा प्रवाहमा सुधार ल्याई शान्ति सुरक्षा चुस्त दुरुस्त राख्न आग्रह गरे।सीमावर्ती क्षेत्रहरूमा हुने चोरी, निकासी पैठारी तथा राजस्व चुहावट नियन्त्रणमा प्रहरीको भूमिका निष्पक्ष, सक्रिय र प्रभावकारी हुनुपर्नेमा उनले जोड दिए।
त्यस्तै, सिमान्तकृत, पिछडिएका तथा अल्पसंख्यक समुदायहरूलाई प्राथमिकतामा राख्दै नागरिकका गुनासो र समस्याको संवेदनशीलतापूर्वक सुनुवाइ गर्नुपर्नेमा चतुर्वेदीले विशेष ध्यान दिन निर्देशन दिए। प्रहरी आचरण बिरुद्द चल्ने जो कोहिमाथी कडा कार्वाही गर्ने उनले चेतावनी समेत दिएका छन्।
‘प्रहरी कर्मचारीहरू सेवा प्रवाहमा सहनशील, शिष्ट, सभ्य र उत्तरदायी बन्नुपर्छ,ू उनले भने, ूप्रहरीको बोली, व्यवहार र आचरण आम नागरिकमैत्री हुनुपर्छ ।’ चतुर्वेदीको निर्देशनले मधेश प्रदेशमा प्रहरी सेवा सुधार र शान्ति सुरक्षाको अभिवृद्धिमा थप गति ल्याउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

