भारत पुर्याएर अनलाइन ‘स्क्याम’ गराउन खोज्ने दुई नेपाली पक्राउ
काठमाडौं । भारतमा आकर्षक तलबको प्रलोभन देखाई नेपाली युवालाई पुर्याई जबरजस्ती अनलाइन ठगी (स्क्यामिङ) गराउन बाध्य पार्ने गिरोहमा संलग्न दुई जना पक्राउ परेका छन्। मानव बेचबिखन तथा ओसारपसार अनुसन्धान ब्युरोका अनुसार २४ वर्षीय राजकुमार अछामी र ४५ वर्षीय रेशमबहादुर खत्रीलाई पक्राउ गरिएको हो।
सिन्धुली सुनकोशी गाउँपालिका–६ घर भई हाल भक्तपुर, लोकन्थली बस्ने अछामी र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–१४ का खत्री हाल पर्सा, वीरगञ्जमा बस्दै आएका थिए। उनीहरूलाई मिति २०८२ साउन ५ गते काठमाडौंको बल्खु र वीरगञ्ज बसपार्कबाट पक्राउ गरिएको हो।
यसो भयो घटना
ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण पंगेनीका अनुसार पीडित एक पुरुषलाई भारतमा ड्राइभरको काम लगाइदिने भन्दै अछामीले ३५ हजार भारतीय रुपैयाँ मासिक तलब र ओभरटाइमको प्रलोभन दिएका थिए। सोही विश्वासमा पीडितलाई १९ वैशाखमा काठमाडौं बल्खुबाट वीरगञ्ज लगिएको थियो।
त्यहाँबाट खत्रीले रिसिभ गरेर उनलाई भारतको रक्सौल हुँदै पटना पुर्याएका थिए। पटनानजिकै पुनपुन अजय स्टेशनमा रहेको ‘वेल स्टार डायनामिक कम्पनी’ मा लथेर करिब सात दिन तालिमको नाममा बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिइएको अनुसन्धानमा खुलेको छ।
ब्युरोका अनुसार ती व्यक्तिलाई फेसबुकमार्फत अरू नेपालीहरूलाई समेत ‘इनभाइट’ गर्न लगाइएको थियो। आफ्ना परिवारसँग सम्पर्क गर्न नदिई फेसबुक मेसेन्जरमा नक्कली आइडी बनाई अनलाइन स्क्याममा लगाइएको थियो।
पीडितबाट २ लाख बराबरको रकम लिई कपडा किन्न लगाइएको र जबरजस्ती कागज गराएर करिब २ महिनासम्म बन्धक बनाई शोषण गरिएको ब्युरोको भनाइ छ।
पीडित १ साउनमा नेपाल फर्केका थिए। त्यसपछि उनले ब्युरोमा उजुरी दिएपछि मुद्दा दर्ता भएको हो।
पक्राउ परेकामाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले जनाएका छन्।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
