• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०३ असार २०८३, बुधबार
०३ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘हरेक घरको खुसी’ अभियानसँगै एलजी एसेन्सियल सिरिजका नयाँ घरेलु उपकरण सार्वजनिक
  • ११ घण्टा 

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट
  • १८ घण्टा 

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?
  • १८ घण्टा 

आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने
  • २३ घण्टा 

२०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्
  • २४ घण्टा 

काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु
  • १ दिन 

संस्थागत भुक्तानी प्रणाली आधुनिकीकरण गर्न इसेवा र आइएमएसको सहकार्य
  • १ दिन 

विश्वकपको माहोल लक्षित गर्दै टिसिएलले सार्वजनिक गर्‍यो नयाँ पोर्टेबल पार्टी स्पिकर
  • १ दिन 

ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न

  • २. अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

  • ३. जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

  • ४. २०८३ असार ०१ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता

  • ६. सुनचाँदीको मूल्य आज पनि घट्यो

  • ७. आज मधेश प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा हुने

  • ८. ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य

  • ९. आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

  • १०. पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा

छथर गाउँपालिकाको लोकप्रिय कार्यक्रम : जन्म देखी मृत्यु सम्म नागरिकको साथमा

जानकारी केन्द्र २०८२, श्रावण, १२

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले नागरिकहरुलाई प्रत्यक्ष रुपमा दीर्घकालिन फाइदा पुग्ने गरी बिभिन्न लोकप्रीय कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । पालिकाले नागरिकहरुको जन्म देखी मृत्यू सम्म साथमा रहेको आभास दिलाउनको लागी विभिन्न कार्यक्रमहरु संचालनमा ल्याएको हो ।

गाउँपालिकाले विगत बर्षहरु देखिनै जनता आवास जस्तापाता अनुदान, भोका नागरिकहरुलाई खाना कार्यक्रम, विपन्न नागरिक खाद्य रोजगारी, उज्यालो छथर कार्यक्रम संचालन गर्दै आएको छ । सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको अगुवाईमा बालबालिका जीवन सुरक्षा कार्यक्रम, जेष्ठ नागरिक एकल पुरुष सम्मान कार्यक्रम, मलामी खाजा सहयोग कार्यक्रम जस्ता कार्यक्रमहरु संचालनमा रहेको शाखा प्रमुख रोशन कार्कीले जानकारी दिए ।

साथै आ.व. २०८२/०८३ देखी लागुहुनेगरी उज्यालो छथर कार्यक्रम अन्तर्गत ३ वटा कार्यक्रम थप गरेकोछ । छथर गाउँपालिकाका सम्पुर्ण नागरिकले प्रयोग गरेको न्युनतम विद्युत महशुल ३० रूपैयाँ पालिका बाटै तिर्ने, विपन्न परिवारहरूमा कालोतार, वेयरिङ्ग सामग्री दिने र शुक्रबारे बजारमा ब्यावसाय डिजिटल वोर्ड राख्ने व्यवसायीहरुलाई ५० प्रतिशत साझेदारी गर्ने ।

बालबालिका जीवन सुरक्षा कार्यक्रम
आ.व. २०८१/०८२ बाट संचालन गरिएको हो । यो कार्यक्रम बाट आ.व. २०८१/०८२ देखी जन्मने हरेक शिशुले यो सेवा पाउनेछन् । यो कार्यक्रम अन्तर्गत बालबालिका जन्मने वितिकै अभिभावक संरक्षक रहि बैंक खाता खोलेर पालिकाको तर्फबाट ५ हजार प्रदान गर्ने, हरेक बर्षको व्याज साँवामा गाभिने, सो रकम १८ बर्ष सम्म सुरक्षित रहने गरिको व्यवास्था हुने, अभिभावकले समेत बालबालिकाको जन्मदिन पास्नी तथा अन्य कुनै श्रोतबाट आएको उपहार रकम जम्मा गर्न सकिने साथै यो कार्यक्रममा सहभागी भएका हरेका बालबालीकाको खातामा उनिहरु १८ बर्ष पुग्दा करिब ५ लाखको कोष निमार्ण गरी बालबालीकाको उच्च शिक्षा, तथा व्यवसायमुलक क्षेत्रमा लगानि गर्ने गरीको आवधारण अघि सार्दै उक्त रकम बच्चाले नागरिकता प्राप्त गरि सकेपछि मात्र ब्याँजसहित चलाउन पाउने व्यबस्था सहित पालिकाले यो कार्यक्रम लागु गरेको छ । आ.व. २०८१/०८२ मा यो कार्यक्रम बाट ४७ जना बालबालिकाले सेवा लिइ सकेका छन् ।

आ ब ०८२/०८३ का लागि कार्यक्रम मार्फत हरेक दम्पतीको पहिलो सन्तानको हकमा शिशुको नाममा खाता खोली ५ हजार जम्मा गरिदिने, दोस्रो सन्तानको हकमा आमालाई प्रोत्साहन स्वरुप ५ हजार दिने सहित शिशुको नाममा खाता खोली ५ हजार जम्मा गरिदिने, तेस्रो तथा सो पछिको सन्तानको हकमा आमालाई प्रोत्साहन स्वरुप १० हजार दिनेसहित शिशुको नाममा खाता खोली १० हजार जम्मा गरिदिने ब्यबस्था समेत थप भएको गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुले बताए ।

जेष्ठ नागरिक एकल पुरुष सम्मान कार्यक्रम
विभिन्न कारणले श्रीमती साथमा नभई एकल भएका तथा राज्यको सामाजिक सुरक्षा भत्ता प्राप्त नगरेका जेष्ठ नागरिक पुरुषहरुलाई औषधि उपचार तथा पोष्टिक आहार ब्यवस्थापनका लागि पालिकाले मासिक १ हजार प्रोत्साहन सहित सम्मान गर्दै आएको छ । यो बर्ष पालिकाले ५४ जना जेष्ठ नागरिक एकल पुरुषहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।

मलामी खाजा सहयोग कार्यक्रम
यस्तै गाउँपालिका भित्र स्थायी बसोबास गर्ने नागरिकहरुको निधनमा मलामीहरुको खाजा खर्चमा सहयोग पुर्याउने ध्येयले परिवारलाई पालिकाले ५ हजार प्रदान गर्दै मलामी खाजा सहयोग कार्यक्रम संचालन गरेको छ ।

गाउँकार्यपालिकाबाट आबस्यक कार्यबिधि निर्माण गरि सो बमोजिम संचालित यस्ता कार्यक्रमबाट नागरिकहरुको जन्मदेखि जीवनभर र मृत्यू संस्कारसम्म स्थानीय सरकारको प्रत्यक्ष उपस्थिती र अभिभावकत्व भएको आभास हुने र नागरिकहरुलाई दीर्घकालीन फाइदा पुग्ने कुरामा जोड दिदै अध्यक्ष लिम्बुले पालिका भित्र बसोबास गर्ने सबै नागरिकहरुलाई कम्तीमा राज्यको कुनै न कुनै कार्यक्रमसंग जोड्ने र प्रत्यक्ष सहयोग पुर्याउने लक्ष्य लिइएको बताए ।

यसका साथै पालिकामा दीर्घरोगी औषधि उपचार सहयोग, जेष्ठ नागरिक घरदैलो उपचार तथा गाउँपालिका साथी लौरो वितरण, बसाइसरी आउनेलाई अनुदान, नवजात शिशु स्वागत तथा उपहार, उपाध्यक्ष आयआर्जन अनुदान, कृषि यान्त्रिकरण तथा बीउ अनुदान लगायत अन्य कार्यक्रमहरु विभिन्न विषयगत शाखाहरुबाट संचालन हुँदै आएका गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘हरेक घरको खुसी’ अभियानसँगै एलजी एसेन्सियल सिरिजका नयाँ घरेलु उपकरण सार्वजनिक
राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट
सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

ताजा

‘हरेक घरको खुसी’ अभियानसँगै एलजी एसेन्सियल सिरिजका नयाँ घरेलु उपकरण सार्वजनिक

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.