Jankari Kendra
७ कार्तिक २०८३, शुक्रबार

रवि लामिछानेको सरुवा नख्खु कारागारमा, बुद्ध एयरको जहाजबाट ल्याइँदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, श्रावण, ३२
रवि लामिछानेको सरुवा नख्खु कारागारमा, बुद्ध एयरको जहाजबाट ल्याइँदै

काठमाडौं । सहकारी ठगी र संगठित अपराध मुद्दामा रूपन्देही कारागारमा थुनामा रहेका रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ । सो मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई आज नख्खु कारागारमा सरुवा गरेर ल्याउन लागिएको हो ।

लामिछानेलाई आज दिउँसो ३ः१० बजे बुद्ध एयरको जहाजमार्फत भैरहवा हुँदै काठमाडौं ल्याउन लागिएको बताइएको छ । लामिछानेले कारागार सरुवाका लागि अदालतमा निवेदन दिएका थिए । निवेदनमा अदालतले मागबमोजिमको आदेश दिए पनि उनको कारागार सरुवामा ढिलासुस्ती गरिएको भन्दै आलोचना भइरहेको थियो । कारागार विभागले हिजो लामिछानेलाई नख्खु कारागारमा सरुवा गर्ने निर्णय गरेको थियो ।

Top Changing Nepal

युट्युब सट्स