रौतहटको एक विद्यालयमा ताला फोडेर चोरी
रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–३ स्थित आधारभूत विद्यालय मेवामा बिहीबार राति अज्ञात समूहले ताला फोडेर चोरी गरेको छ।
विद्यालयको स्टोर र गेटको ताला तोडेर ग्यास चुल्हो, सिलिन्डर, तेल–मसला, बाल्टिन, कुर्सी, इन्टरनेट राउटर, नेपाली शब्दकोश तथा विद्यार्थीहरूलाई हातखुट्टा धुने ५० भन्दा बढी साबुनलगायतका सामग्री चोरी भएको विद्यालयले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक रामजन्म महतो कहारका अनुसार चोरी भएका सामानहरू प्रायः दिवा–खाजाका लागि ल्याइएको सामग्री थिए। अस्थायी प्रहरी चौकी मेवाले रड प्रयोग गरी ताला तोडेर चोरी भएको पुष्टि गरेको छ।
शुक्रबार बिहान सफाइका लागि विद्यालय पुगेका कर्मचारी राजेश पटेलले ताला फोडिएको देखेपछि चोरी भएको थाहा भएको न्युज कारखानालाई बताए ।
घटनास्थल अवलोकनका लागि पुगेका वडा अध्यक्ष रामेश्वर राय यादव र युवा नेता बिरेन्द्र यादवलगायतका स्थानीयहरूले विद्यालय नजिकै प्रहरी चौकी हुँदाहुँदै चोरी हुनु सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा भएको बताएका छन्।
अहिलेसम्म चोरीमा संलग्न व्यक्तिको पहिचान नभएको र खोजी कार्य भइरहेको अस्थायी प्रहरी चौकी मेवाका असई संजय रामले जानकारी दिएका छन्।
विद्यालयमा चोरी हुनु सामान्य घटना होइन। ग्यास चुल्हो, खाजाका लागि ल्याइएको खाद्यान्नदेखि इन्टरनेट राउटरसमेत चोरी हुनु शैक्षिक क्रियाकलापमा प्रत्यक्ष असर पुर्याउने छ।
विद्यालयमा सीसीटीभी जडान,प्रहरीको नियमित गस्ती, स्थानीय अभिभावक तथा विद्यालय व्यवस्थापन समिति सक्रिय हुनुपर्ने देखिन्छ ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
