चन्द्रनिगाहपुरमा एकैदिन १० जनाभन्दा बढीलाई कुकुरले टोक्यो
रौतहट । जिल्लाको चन्द्रनिगाहपुरमा एकैदिन १० जनाभन्दा बढी स्थानीयलाई कुकुरले टोकेको घटना सार्वजनिक भएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पछाडि, दुर्गा मन्दिर र कर कार्यालय वरिपरिको क्षेत्रमा आएको कालो रंगको कुकुरले स्थानीयलाई अन्धाधुन्ध टोकेपछि त्रासको वातावरण बनेको छ ।
चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालका अनुसार सो कुकुरले टोकेकाहरुमध्ये एकजनालाई पटक–पटक आक्रमण गर्दा गहिरो घाउ भएको छ । अस्पतालका डाक्टरले प्राथमिक उपचार गरेर रेबिज भ्याक्सिन लगाएपछि थप इम्युनोग्लोबिन भ्याक्सिनका लागि पीडितलाई नारायणी अस्पताल, बीरगञ्ज रेफर गरिएको जनाइएको छ ।
शनिबार मात्र १० जनाभन्दा बढी पीडित उपचारका लागि आएका छन् । टोकेको व्यक्तिहरुको संख्या अझै बढ्ने सम्भावना छ, किनभने अहिलेसम्म पनि बिरामी अस्पताल आउँदैछन्,” अस्पतालका स्वास्थ्यकर्मीले जानकारी दिए ।
टोकेको पीडितमध्ये चन्द्रनिगाहपुर–४ का रामबाबु महतोले भने, “म मन्दिरतर्फ जाँदै गर्दा अचानक कुकुर आएर खुट्टामा टोक्यो । भागेर जोगिन खोज्दा पुनः पछाडि लागेर टोकेपछि म अस्पताल पुगेको हुँ। अहिले धेरै डर लागेको छ ।”
त्यसैगरी चन्द्रनिगाहपुर–५ की सीता देवी दासले भनिन्, “कुकुरले टोकेको सुनेर सानो बच्चा लिएर बाहिर निस्कनै डर लागिरहेको छ । नगरपालिका र प्रहरी मिलेर तत्काल नियन्त्रण गर्नु पछ ।”
कुकुर अझै अनियन्त्रित अवस्थामा रहेकाले स्थानीयवासी त्रसित बनेका छन् । उनीहरूले चन्द्रपुर नगरपालिका, प्रहरी प्रशासन र सम्बन्धित निकायलाई कुकुर नियन्त्रणमा लिन तत्काल कदम चाल्न माग गरेका छन् ।
स्थानीय समाजसेवी बसन्त आचार्यले भने, “यो सामान्य घटना होइन । एकैदिन यति धेरैलाई टोकेको छ भने यो सार्वजनिक स्वास्थ्यसँग जोडिएको खतरनाक विषय हो । नगरपालिकाले तत्काल टोली बनाएर नियन्त्रण गर्नुपर्छ ।”
अस्पतालले पनि स्थानीयलाई अनावश्यक रूपमा बाहिर हिँड्न सावधानी अपनाउन आग्रह गरेको छ ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
