Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

प्रधानमन्त्री ओलीलाई बालेनको सुझावः लिपुलेक नेपालको हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, भाद्र, १४
प्रधानमन्त्री ओलीलाई बालेनको सुझावः लिपुलेक नेपालको हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको शुभकामना दिँदै उनले लिपुलेकको भूमि नेपालको हो भन्ने सम्झाउन नर्बिसन पनि आग्रह गरेका छन् । लिपुलेक नाकाबाट व्यापार सञ्चालन गर्ने भारत र चीनको सहमतिले नेपालको सार्वभौमिकतामाथिको अतिक्रमण गरेको उनको भनाइ छ ।

‘चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यु । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ । त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला । अल द बेस्ट, हामीलाई तपाईंमाथि पूर्ण विश्वास छ,’– उनले भनेका छन्।

Top Changing Nepal

युट्युब सट्स