• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३० असार २०८३, मङ्गलबार
३० असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार ३१ गते बुधवार, आज कुन राशिका लागि कति लाभ? हेर्नुहोस् राशिफल
  • ७ घण्टा 

फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन
  • ८ घण्टा 

ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु
  • १७ घण्टा 

सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग
  • १७ घण्टा 

हालै फेला परेको नयाँ मुसा, जो हो उच्च हिमाली क्षेत्रमा बस्ने पहिलो स्तनधारी जीव
  • १८ घण्टा 

स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा
  • १ दिन 

११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो
  • १ दिन 

नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने
  • १ दिन 

फ्रान्स र स्पेनबिच ३९ औं प्रतिस्पर्धा हुदैँ, स्पेनले १८ खेल जित्दा फ्रान्स १३ मा सीमित
  • १ दिन 

लोकप्रिय समाचार

  • १. ‘एल निनो’ को असर : १२२ बर्ष पछि सबैभन्दा सुख्खा र खडेरीको मारमा विश्व

  • २. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • ३. जापानले बनायो भूकम्प आउनासाथ हावामा माथि उठ्ने घर

  • ४. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • ५. टिकटकद्वारा सन् २०२६ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

  • ६. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७. २०८३ असार २४ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि

  • ९. बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

  • १०. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

भिपिएन प्रयोग गरेर प्रतिबन्धित सामाजिक सञ्जाल नचलाउन सरकारको आग्रह

जानकारी केन्द्र २०८२, भाद्र, २३

काठमाडौँ । सरकारले सबै सामाजिक सञ्जाल ‘प्लेटफर्म’ लाई दर्ता प्रक्रियामा आउन पुनः आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरी नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै व्यवस्थित र जवाफदेही ‘डिजिटल’ वातावरण सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको जनाउँदै प्रक्रियामा आउन सबैलाई आग्रह गरेको हो ।

सञ्चार मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गजेन्द्र ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालमा सञ्चालनमा रही हालसम्म सूचीकरण नभएका सबै सामाजिक सञ्जाल प्लेटफर्महरूले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम नेपालभित्र सम्पर्कविन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियम परिपालनाको निगरानी गर्ने अधिकारी तोकी सूचीकरण हुन सम्बद्ध सबै सरोकार भएकाहरूमा पुनः आग्रह गर्दछ । सूचीकरणका लागि कुनै पनि शुल्क दस्तुर नलाग्ने र सूचीकरण गरेपश्चात् सोही क्षणदेखि पुनः सक्रिय गराइने व्यहोरा पुनः जानकारी गराइन्छ ।”

सर्वोच्च अदालतको आदेश परिपालनाका लागि समेत लागि यही भदौ ९ मा नेपाल सरकार (मन्त्रिपरिषद्) बाट भएको निर्णयानुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्देशिकाबमोजिम सात दिनको म्याद दिई सूचीकरणका लागि यही भदौ १२ मा सार्वजनिक सूचना प्रकाशन गरेको थियो । तोकिएको समय सीमाभित्र सूचीकरणका लागि सम्पर्क गर्न नआएका सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणदेखि पुनः सक्रिय गराउने प्रक्रिया सुरु भइसकेको मन्त्रालयले जनाएको छ ।

नेपालमा सञ्चालित सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र जवाफदेही बनाउन सरकारले सूचीकरण हुन पटक पटक आह्वान गरेको पनि मन्त्रालयले स्मरण गराएको छ । “यसै सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले अदालतको अवहेलनासम्बन्धी मुद्दा (मुद्दा नं ०८०–सिएफ–००१२) मा स्वदेशी वा विदेशी उत्पत्तिका ‘अनलाइन’ तथा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सञ्चालनपूर्व अनिवार्य रूपमा सम्बन्धित साधिकार निकायबाट सूचीकरण गरी अनिच्छित सामग्रीहरुको मूल्याङ्कन र अनुगमन गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश जारी भएको पनि अवगत नै छ”, विज्ञप्तिमा उल्लेख छ, “मन्त्रालयले औपचारिक रूपमा सामाजिक सञ्जाललाई निष्क्रिय गराइसकेपछि यही भदौ २२ सम्ममा ‘स्मार्ट आइडिया प्राइभेट लिमिटेड’ (हाम्रो पात्रो) र ‘ग्लोबल डायरी प्राइभेट लिमिटेड’ दर्ता भई सक्रिय भइसकेका छन् । यसैगरी, सामाजिक सञ्जालहरू ट्विटर (एक्स) र विच्याटले सूचीकरणका लागि आवश्यक जानकारी माग गरेकामा सो विवरण उपलब्ध गराई सकिएको छ ।”

प्रवक्ता ठाकुरले नेपाल सरकारको निर्णयबमोजिम सूचीकरण नभएका सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल तथा इन्टरनेट सेवा प्रदायकमार्फत ती सामाजिक सञ्जालहरूको पहुँच निषेध भइसकेको र त्यस्ता सञ्जालको पहुँच प्राप्त गर्न असुरक्षित, अनधिकृत, जोखिमयुक्त ‘भर्चुअल प्राइभेट नेटवर्क’ (भिपिएन) प्रयोग नगर्न/नगराउनसमेत अनुरोध गरेका छन् ।

मन्त्रालयले सरकारको निर्णय सामाजिक सञ्जाल प्लेटफर्मलाई निषेध, नियन्त्रण वा सङ्कुचित गर्ने नभई स्वनियमनको माध्यमबाट व्यवस्थित, मर्यादित र जवाफदेही रूपमा प्रयोग गर्ने वातावरण निर्माण गर्नु रहेको जनाउँदै यसमा सहयोग गर्न आमनागरिक र सम्बन्धित सबैमा अपिलसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन
ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु
सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग

ताजा

२०८३ असार ३१ गते बुधवार, आज कुन राशिका लागि कति लाभ? हेर्नुहोस् राशिफल

फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.