रवि लामिछाने आजै कारागार फर्किने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू आजै कारागार फर्किन लागेको बताएका छन् । आज आफ्नो जन्मदिन पनि परेको र सोही दिन जन्मदिनको उपहारस्वरुप आफूलाई कारागार पठाउन लागेको उनले बताएका छन् । उनले भनेका छन्, ‘संयोगले आज मेरो जन्मदिन पनि परेछ । म आफूलाई जन्मदिनको उपहारस्वरुप फेरि कारागार पठाउँदैछु ।’
पछिल्लो सरकारले आफूमाथि चरम राजनीतिक प्रतिशोध साँधेर जिना हराम गराएको उनले बताएका छन् । अहिले देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बनेको बताउँदै उनले अब चाहिँ आफूमाथि अन्याय हुँदैन भन्ने आशासहित म कारागार जान लागेको बताएका छन् ।
आफूमाथि जिल्लैपिच्छे मुद्दा लगाउनुपर्ने थियो कि थिएन ? र सहकारीसँग साइनो नै नभएको मान्छेलाई संगठित अपराध र सम्पत्ति सुद्धीकरणसहितको सहकारी ठगीको मुद्दा लगाउनुपर्ने हो कि होइन भन्ने कुरा नयाँ सरकारको विवेकमाथि नै छोड्देको पनि उनले बताएका छन्।
उनले जेल जोगाउन आफूलाई भीडमा धकेलेर ‘रवि लामिछानेको कारणले देशभरीको कैदीबन्दी भागे’ भनेर बदनामी र मिडियाबाजी गरिएको बताए । ‘त्यतिबेला जेललाई भीडबाट जोगाउन चिठी दिएर निकालियो । अहिले चिठी नै वैधानिक छैन भनेको पनि सुन्छु । जुन परिस्थितिमा मलाई जेलबाट निकालियो र चिठी दिइयो, त्यो बेलामा पनि प्रशासनले मलाई जोगाएको होइन । जेल जोगाएको हो । आज आएर त्यसको वैधानिकताको नाममा कुनै कर्मचारीलाई अप्ठ्यारो पार्न म चाहन्न । मैले कालकूट विष पिएको धेरै भइसक्यो । अर्को एकदुई थोपा विष पिएर म मर्दिनँ । मलाई यस्ता आरोप, प्रतिशोधहरुको बानी परिसक्यो,’– उनले भनेका छन् ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
