सवारी चालक अनुमतिपत्र समयमै उपलब्ध गराउनुपर्नेमा मन्त्री घिसिङको जोड
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सवारी चालक अनुमतिपत्र समयमा उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् । आज मन्त्रालयको पदभार ग्रहणपछि उनले अनुमतिपत्र ढिलो प्राप्त हुने गुनासोको सम्बोधन गर्न द्रूत गतिमा वितरण गर्नुपर्ने बताए ।
मन्त्री घिसिङले सोअनुरुप कार्य गर्न सम्बन्धित कर्मचारीलाई आग्रहसमेत गरे । दसैँअघि सडक सुधार गर्नुपर्नेमा पनि उनको जोड छ ।
‘सेवा प्रणालीलाई छिटो प्रवाह गर्ने गरी काम गर्नुपर्छ । चुनौती त धेरै छन् तर जिम्मेवारीबाट भाग्ने छुट छैन,’ मन्त्री घिसिङले भने, ‘कार्बन उत्सर्जन कटौती गरेर जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि विद्युतीय सवारी साधन प्रवर्द्धन गर्नुपर्छ । यसका लागि चार्जिङ स्टेशन निर्माणबारे सात दिनभित्र प्रतिवेदन तयार गर्नुस् । अनि पेट्रोल तथा डिजेलको आयात घटाएर आर्थिक सुधार गर्न सकिन्छ ।’
पदभार ग्रहणपछि गरिएको निर्णयअनुसार विद्युतीय सवारी साधन चार्ज गर्ने पूर्वाधार, मर्मत सम्भार गर्ने ‘वर्कसप’ तथा ब्याट्री व्यवस्थापनबारे सुझाव सिफारिस गरिने भएको छ । साथै, विद्युतीय सवारी साधनको प्रयोग प्रवर्द्धन गर्न संस्थागत क्षमता विकास, अन्तरनिकाय समन्वय, गुणस्तर र मापदण्ड सुधारसम्बन्धी विषयमा समेत सुझाव सिफारिस गर्ने निर्णय भएको छ ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
