युएईले नेपालीको भिजिट भिसा रोक्यो
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालीलाई भिजिट भिसा जारी गर्न सोमबारदेखि अस्थायी रूपमा रोक लगाएको छ । युएईले यस बारे सार्वजनिक सूचना जारी गरेको छैन । तर भिसा सेवा प्रदान गर्ने प्रदायक संस्थाहरूले दिइएको आवेदन लिन छाडेको छ ।
आवेदन पेस गर्ने बेला युएईले नेपालीको लागि अस्थायी रूपमा आवेदन लिन रोकेको सूचना दिन थालेको हो । भदौ २४ गतेको प्रदर्शनमा तोडफोड,आगजनी र लुटपाट गर्नेमाथि सरकारले अनुसन्धान गरी कारबाही गर्ने र जेलबाट फरार भएको खबर सार्वजनिक भएपछि युएईले भिजिट भिसाको निवेदन लिन छाडेको हो ।
नेपालबाट सबैभन्दा बढी भिजिट भिसा लिई जाने देश युएई हो । युएईको लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले भिसा बन्द गरेको सूचना औपचारिक रूपमा आइनसकेको बताए । ‘भिसा बन्द गरेको सूचना नेपालीबाट पाएका छौँ । तर, औपचारिक रूपमा आइसकेको छैन । हामी यसबारे सोधखोज गर्नेछौँ,’ उनले भने ।
पछिल्लो समयमा भिजिट भिसा लिई रोजगारी खोज्न जाने नेपालीको संख्या निकै छ । भिजिट भिसामा गई रोजगारी नपाउने र ओभरस्टे हुनेको संख्या बढ्न थालेको विषयलाई युएईले आफ्नो नोटिसमा राखेको थियो ।
युएईमा भिजिट भिसामार्फत रोजगारी भिसामा परिवर्तन गर्ने नेपालीको संख्या तीन लाख रहेको नेपाली दूतावासले जनाएको छ । हाल युएईमा ८ लाख नेपाली कार्यरत छन् ।
सम्बन्धित समाचार
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै
टोयोटाको विजय उत्सव सुरु : दशैंसम्म आकर्षक अफर
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

