• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, पुष २३, २०८२
बुधबार, पुष २३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

ट्रक व्यवसायी महासंघको पहलमा बागमती सरकारले दियो जेनजी प्रदर्शनपीडित सवारी साधनमा कर, दस्तुर र जरिवानामा छुट

स्मार्ट अप्लायन्सेस र जगदम्बा हायर पर्चेजको साझेदारीमा शुन्य प्रतिशत किस्ताको सुविधा सुरु

तीन सातादेखि बन्द रहेको जलविद्युत् उत्पादन पुनः सुरु

यी ६ देशका पर्यटकलाई दक्षिण कोरियाले निःशुल्क भिसा दिने

नबिल बैंक ‘विकास नायक २०८२’ द्वारा सम्मानित

सुपर खुदी हाइड्रोपावरको आईपीओ आजदेखि खुला

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

दिनप्रति दिन देशभर जाडो बढ्दै, काठमाडौंमा यस वर्षकै कम तापक्रम

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. २०८२ साल पौष १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. २०८२ साल पौष २१ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष १७ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. २०८२ साल पौष २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. प्याब्सनद्वारा ‘प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभाग’ गठन, राहत र समन्वयलाई संस्थाकरण बनाइँदै

  • ८. नेपाल एग्रीटेक अन्तर्राष्ट्रिय प्रर्दशनी भरतपुरमा आयोजना हुँदै

  • ९. इन्दिरा आईभिएफ आशा र अभिभावकत्वका दुई बर्षको उत्सव

  • १०. बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

पर्सामा धानबालीका लागि युरिया मल अभाव

पर्सा । पर्सा जिल्लाका किसानहरू अहिले धानबालीका लागि युरिया मलको अभाव झेलिरहेका छन् । गण्डक नहरदेखि उत्तरतर्फ थरुहट क्षेत्रका किसानहरू धानमा बाला लाग्ने क्रममा तेस्रो तथा अन्तिम पटक युरिया मल छर्ने क्रममा छन् भने गण्डक नहरदेखि दक्षिणतर्फ बझियान क्षेत्रका किसानहरू दोस्रोपटक युरिया मल छर्दैछन् ।

धान रोपाइँको क्रममा युरिया, डिएपी र पोटास गरी तीनथरी मल प्रयोग गरिन्छ । रोपाइँ भएको २५ देखि ३५ दिनपछि दोस्रोपटक र त्यसपछि २५ देखि ३५ दिनभित्र तेस्रोपटक युरिया मल छर्ने प्रचलन छ । थरुहट क्षेत्रमा असार १५ देखि असार मसान्तसम्म धान रोपाइँ सम्पन्न भएकाले अहिले किसानहरू अन्तिम पटक मल छर्दैछन् ।

बझियान क्षेत्रमा भने सिंचाइ सुविधाको कमीका कारण रोपाइँ साउन महिनासम्म पनि भइरहेको थियो । त्यहाँका किसानहरू अहिले दोस्रो पटक युरिया मल छर्दैछन् । तर सहकारीहरूमा युरिया मल नपाइने भएकाले किसानहरू महँगोमा भारतीय बजारको भर पर्न बाध्य भएका छन् ।

सहकारीमार्फत प्रतिकट्ठा करिब दुई किलो युरिया आवश्यक पर्छ । तर सहकारीमा मल नपाइने भएकाले किसानहरूले कालोबजारीबाट प्रतिकिलो ६० देखि ७० रुपैयाँसम्म तिर्नुपरेको छ । सामान्यतया १७ रुपैयाँ पर्ने मल महँगोमा किन्नुपर्दा किसानहरूको लागत बढेको छ ।

सीमानाका बन्द भएकाले पनि मलको सहज आपूर्ति रोकिएको छ । भारतीय बजारमा सस्तो हुने मल समेत अहिले कालोबजारीमार्फत महँगोमा मात्र उपलब्ध भएको किसानहरूको गुनासो छ ।

सहकारी संस्थाहरूले कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट आवश्यक युरिया मल नपाएको बताएका छन् । उनीहरूका अनुसार युरिया आवश्यक भएको समयमा डिएपी मात्र पठाइने र डिएपी आवश्यक पर्दा युरिया पठाइने परिपाटीले किसानहरू थप समस्या भोग्न बाध्य भएका छन् ।

सहकारीमार्फत किसानले सामान्यतया रु ९०० मा ५० किलोको युरिया पाउने गरेका भए पनि अहिले कालोबजारीमार्फत सोही मल रु २८०० सम्ममा खरिद गर्नुपरेको छ । त्यस्तै, भारतीय बजारमा ४५ किलोको बोरा करिब भारु ४५० पर्ने भएपनि स्थानीय स्तरमा कालोबजारीमार्फत रु २२०० मा बिक्री भइरहेको छ।

हाल निरन्तर आकाशे पानी परिरहेका कारण खेत मलिलो बनेको र मल छर्दा उत्पादन बढ्ने किसानहरूको अपेक्षा छ । यसअघि असार महिनामा पानी नपर्दा खेत सुक्खाग्रस्त भएका थिए भने सरकारले समेत प्रभावित क्षेत्रलाई सुक्खाग्रस्त घोषणा गरेको थियो । भदौ दोस्रो सातादेखि परेको पानीले किसानलाई केही राहत दिएको भए पनि बर्सेनि मल अभावको समस्या झेल्नुपर्ने अवस्था यथावत छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ट्रक व्यवसायी महासंघको पहलमा बागमती सरकारले दियो जेनजी प्रदर्शनपीडित सवारी साधनमा कर, दस्तुर र जरिवानामा छुट
    स्मार्ट अप्लायन्सेस र जगदम्बा हायर पर्चेजको साझेदारीमा शुन्य प्रतिशत किस्ताको सुविधा सुरु
    तीन सातादेखि बन्द रहेको जलविद्युत् उत्पादन पुनः सुरु

    लोकप्रिय

    २०८२ साल पौष १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष २१ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १७ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    ताजा

    २०८२ साल पौष २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

    ट्रक व्यवसायी महासंघको पहलमा बागमती सरकारले दियो जेनजी प्रदर्शनपीडित सवारी साधनमा कर, दस्तुर र जरिवानामा छुट

    स्मार्ट अप्लायन्सेस र जगदम्बा हायर पर्चेजको साझेदारीमा शुन्य प्रतिशत किस्ताको सुविधा सुरु

    तीन सातादेखि बन्द रहेको जलविद्युत् उत्पादन पुनः सुरु

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल
    • ट्रक व्यवसायी महासंघको पहलमा बागमती सरकारले दियो जेनजी प्रदर्शनपीडित सवारी साधनमा कर, दस्तुर र जरिवानामा छुट
    • स्मार्ट अप्लायन्सेस र जगदम्बा हायर पर्चेजको साझेदारीमा शुन्य प्रतिशत किस्ताको सुविधा सुरु
    • तीन सातादेखि बन्द रहेको जलविद्युत् उत्पादन पुनः सुरु
    • यी ६ देशका पर्यटकलाई दक्षिण कोरियाले निःशुल्क भिसा दिने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.