• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ असार २०८३, सोमबार
१५ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश
  • ७ घण्टा 

टोखा रोडमा नयाँ शोरूम सञ्चालन, काठमाडौंमा कजारिया रमेश टायल्सको सेवा र बजार विस्तार
  • ७ घण्टा 

अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड
  • ७ घण्टा 

धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते
  • ९ घण्टा 

सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा
  • ९ घण्टा 

जापानको विश्वकप यात्रा रोक्दै ब्राजिल अन्तिम १६ मा प्रवेश
  • ९ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ९ घण्टा 

आज र भोलि देशैभरी भारी बर्षाको सम्भावना
  • ९ घण्टा 

२०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु

  • २. जापानको विश्वकप यात्रा रोक्दै ब्राजिल अन्तिम १६ मा प्रवेश

  • ३. शरिरमा प्रोटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा रहनुहोस सतर्क

  • ४. नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य

  • ५. १६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

  • ६. आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस

  • ७. सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने

  • ८. ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

  • ९. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • १०. ११ जिल्लाका ८२ स्थानमा बर्डफ्लु पुष्टि, सबैभन्दा उच्च जोखिम काठमाडौंमा

अनुसन्धान नै नगरी ३ जना बिरूद्व कर्तब्य ज्यानको मुद्वा लगाएको आरोप

जानकारी केन्द्र २०८२, आश्विन, ५

रौतहट ।  रौतहटको कटहरिया नगरपालिका–५ का ५२ वर्षीय रामचन्द्र दास सरभंग र उनकी श्रीमती पुकारी देवी सरभंगले आफ्ना तीनजना निर्दोष छोरालाई प्रहरीको मिलेमतोमा अनाहकमा कर्तव्य ज्यान मुद्दा लगाएर फसाएको गम्भीर आरोप लगाएका छन्।

शनिवार गौरमा पत्रकार सम्मेलन गरी पीडित परिवारले इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीमाथि राजनीतिक तथा आर्थिक चलखेलको आधारमा घटनाको मुख्य दोषीलाई उम्काएर निर्दोष दलित परिवारका ३ छोरा माथि कर्तब्य ज्यान मुद्दा दर्ता गरेको दाबी गरेका हुन्।

राजनीतिक पूर्वाग्रह राखेर गाउँकै केही मानिसले ३ जना छोरा माथी हत्याको आरोपमा ईलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिन लगाएको थियो। प्रहरीले घटनाको सत्य तथ्य छानबिन गर्नुको साटो बिभिन्न प्रभावमा परी निर्दोष छोराहरू माथी उक्त मुद्दा दर्ता गरेको कटहरिया ५ की वडा सदस्य समेत रहेकी पुकारी देवीले पत्रकार सम्मेलनमा गुनासो गरेकी थिइन्। तीन जना छोरा माथी एकैपटक कर्तब्य ज्यान मुदा चलाएर प्रहरीले हाम्रो परिवार माथी ठूलै अन्याय गरेको दुःखेसो पोखेकी छिन्।

केहो घटना ?
गत साउन १ गते कटहरिया–४ का संजय यादव र विजय यादवले स्थानीय २५ बर्षीय नसिव बैठालाई मोबाइल चोरीको आरोपमा निर्घात कुटपिट गरेका थिए। दुवै दाजुभाई मिलेर बैठा लाई उल्टो झुण्ड्याएर कुटपिट गरेका थिए। कुटपिटकै क्रममा बैठाले अझै कुटिने डरका कारण छिमेकी २८ बर्षीय गर्भु दास सरभंग र ३० बर्षीय दिपलाल यादवले मलाई मोबाईल ल्याउन पठाएको बताएका थिए।

त्यसको भोलिपल्ट मोबाईल धनी सञ्जय यादव र विजय यादवले नसिब बैठा र गर्भु दास माथी मोबाईल चोरीको आरोपमा ईलाका प्रहरी कार्यालय कटहरियामा ठाडो उजुरी दिएका थिए।

प्रहरीले निवेदक सहीत बैठा र दासलाई राखेर गराएको छलफल पंचायतीमा मोबाईल चोरीको आरोप पुष्टि नभएपछि प्रहरीले उनीहरुलाई छाडेको थियो। चोरी भएको मोबाइल पछि संजय–विजयकै घरमा फेला परेको थियो।

यसबीचमा आरोपी बैठाका पिता बुटाई बैठाको आफ्नो कालगतिले निधन भएपछि नसिब क्रियापुत्री बसेका थिए। २४ घन्टे जाँडरक्सी खाने बैठा १२ दिनको क्रियाक्रममा रक्सी तथा लागुपदार्थ सेवन नगर्दा उनको स्वास्थ्य अवस्था कमजोर हुँदै गयो।

स्वास्थ्य बिग्रिएपछि कटहरिया, गौर, उपचार पछी वीरगञ्जसम्म उपचारमा लगे पनि भदौ ११ गते उनको मृत्यु भएको थियो।

पीडित परिवारका अनुसार बैठाको मृत्यु प्राकृतिक कारणले भए पनि भदौं १० गते गर्भु दासलाई प्रहरीले नियन्त्रणमा लिएर भोलिपल्टै मृत्युको सम्पूर्ण दोष गर्भुमाथि थोपरेको छ। त्यसपछि प्रभु दास र शम्भु दासमाथि समेत कर्तब्य ज्यान मुद्दा दर्ता गरिएको हो।

पीडित परिवारको गुहार
कटहरिया–५ की वडा सदस्य समेत रहेकी पुकारी देवी सरभंगले पत्रकार सम्मेलनमा भनिन्, “मोबाइल चोरीको घटनामा संलग्नलाई उम्काएर मेरो तीन निर्दोष छोरामाथि किटानी जाहेरी दिन लगाइयो। अनुसन्धान विना नै दलित परिवारलाई उठिवास गराउने नियतले मुद्दा चलाइएको छ। हामीलाई न्याय दिलाइदिन संचारकर्मीहरुलाई विन्ती गर्दछु।”

उनीसँगै स्थानीय शंकर साह कलवार, राजकुमार यादव, छोटेलाल साहलगायतका व्यक्तिहरुले पनि केही ब्यक्तिको ईसारामा गरुडा प्रहरीले निर्दोष परिवारमाथि ज्यादती गरेको भन्दै सत्यतथ्य उजागर गर्न आग्रह गरेका थिए।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले आरोपको खण्डन गर्दै मोबाइल चोरी प्रकरणमा कुटपिट भएको केही दिनपछि चोरीको आरोप लागेका नसिव बैठाको मृत्यु भएको बताएका थिए। मृतक बैठाको आमा सुनैना देवी बैठाले भदौं १५ गते ५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएकी थिइन्।

डिएसपी कार्कीले अनुसन्धान लगायत कानुनी प्रक्रिया पूरा गरेर उक्त जाहेरी दर्ता गराएको उल्लेख गर्दै  भने, “मुद्दा दर्ता भइसकेको छ, दोषी वा निर्दोष हुनु अदालतले तोक्छ। अनुसन्धान भइरहेको छ, निर्दोष भए अदालतबाट छुट्ने छन् ।” मेरो कसै प्रति रिस राग छैन सबै आरोप निराधार भएको उनको भनाई रहेको छ।

उक्त घटनामा शिवनाथ यादवका छोराहरू सञ्जय यादव, विजय यादव, र रामचन्द्र दास सरभङका छोराहरू गर्भु दास सरभङ, प्रभु दास सरभङ, शम्भु दास सरभङ माथी कर्तब्य ज्यान मुद्दा दायर गरिएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश
टोखा रोडमा नयाँ शोरूम सञ्चालन, काठमाडौंमा कजारिया रमेश टायल्सको सेवा र बजार विस्तार
अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

ताजा

विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश

टोखा रोडमा नयाँ शोरूम सञ्चालन, काठमाडौंमा कजारिया रमेश टायल्सको सेवा र बजार विस्तार

अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.