भाडा बढी असुल्ने र टिकटको कालोबजारी गर्नेहरूलाई तत्काल कारबाही गर्ने चेतावनी : मन्त्री कुलमान घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले स्वीकृत भाडादरभन्दा बढी असुल्ने तथा टिकटको कालोबजारी गर्ने यातायात व्यवसायीहरूलाई तत्कालै कारबाही गरिने स्पष्ट चेतावनी दिएका छन्।
बुधबार आयोजित एक कार्यक्रममा मन्त्री घिसिङले चाडबाडको मौका छोपी यात्रुहरूबाट बढी भाडा असुलिएको, टिकटको कालोबजारी गरिएको लगायतका गुनासा निरन्तर आइरहेको उल्लेख गर्दै, त्यस्ता कानुनविपरीतका क्रियाकलाप तुरुन्त बन्द गर्नुपर्नेमा जोड दिए।
“देश अहिले विषम परिस्थितिबाट गुज्रिरहेको छ। यस्तो बेलामा सबै पक्ष विशेषगरी यातायात व्यवसायीले जिम्मेवारीपूर्वक आचरण गर्नुपर्छ। यात्रुलाई अनावश्यक दुःख दिई चाडबाडलाई कमाउने माध्यम नबनाइयोस्,” मन्त्री घिसिङले भने।
उनले सरकारले तोकेको भाडादरभन्दा बढी असुल नगर्न र टिकट वितरण प्रक्रियामा पारदर्शिता कायम गर्न समेत सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन्। मन्त्री घिसिङले जनताको सेवा गर्न बनेको यातायात क्षेत्रलाई मुनाफामुखी बनाउनु अस्वीकार्य हुने बताएका छन्।
यात्रुबाट आउने गुनासाको आधारमा तत्काल निगरानी तथा निरीक्षण कार्य तीव्र बनाउने र दोषी पाइएका व्यवसायीहरूलाई कानुनी दायरामा ल्याइने मन्त्रालयले जनाएको छ। यातायात व्यवसायीबाट त्यस्ता क्रियाकलाप गरेको पाइएमा तत्काल स्थानीय सुरक्षा निकाय र प्रशासनलाई खबर गर्न उनले आग्रह गरेका छन् ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
