काठमाडौं । प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन्। बिहिबार, स्वास्थ्य सचिव डा। विकास देवकोटासँगको छलफलमा प्रधानमन्त्री कार्कीले आन्दोलनको विषय बुझेर छिटो समाधान गर्न र प्रगति विवरण जानकारी गराउन निर्देशन दिएकी हुन्।
पाँचौँ तह बराबरको पारिश्रमिक माग गर्दै कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरू आन्दोलित छन्। सरकारले तोकेको रु ३४,७३० पारिश्रमिक कार्यान्वयन नभएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।