काठमाडौँ । बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनमा समस्या आएपछि काठमाडौँ महानगरपालिकाले महानगरबासीलाई आफ्ना घरबाट निस्कने फोहोर सडकमा नफाल्न आग्रह गरेको छ। महानगरले जनस्वास्थ्य र वातावरणीय सरसफाइलाई ध्यानमा राख्दै फोहोरलाई अस्थायी रूपमा घरभित्र वा कम्पाउन्डभित्र सुरक्षित रूपमा राख्न अनुरोध गरेको हो। बन्चरेडाँडामा स्थानीयवासीले फोहोर फाल्न अवरोध गरेपछि हाल काठमाडौँमा फोहोर संकलन र ढुवानी कार्य प्रभावित भएको छ। महानगरले समस्या समाधानका लागि संवाद जारी रहेको बताउँदै नागरिकलाई सहयोग गर्न आग्रह गरेको छ।






