नयाँ मतदाता दुई लाख नाघे, मंगलबार मात्रै २३ हजार थप
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ मतदाता नामावली संकलन अभियानमा हालसम्म दुई लाख नौ हजार ५५२ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगमा मंगलबार राति ८ बजे संकलित विवरणअनुसार मंगलबार मात्रै २३ हजार ६३८ जना नयाँ मतदाता थपिएका छन्।
आयोगका अनुसार नयाँ मतदातामध्ये पुरुष १ लाख २२ हजार ७४० जना, महिला ८६ हजार ७८५ जना र अन्य २७ जना रहेका छन्। अन्तरिम सरकारले आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेपछि आयोगले जेनजी समूहलाई लक्षित गरी असोज ९ गतेदेखि मतदाता नामावली संकलन कार्य सुरु गरेको हो। यो अभियान कात्तिक ३० गतेसम्म जारी रहनेछ।
१८ वर्ष उमेर पूरा भई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकहरूले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा गएर नाम दर्ता गराउन सक्नेछन्। सार्वजनिक बिदा बाहेक बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सेवा उपलब्ध गराइने आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार, कानुन बमोजिम मतदाता हुन योग्यता पुगेका नागरिकले नयाँ दर्ता गर्नका साथै बसाइँसराइ वा विवाहका कारण ठाउँसारी गर्न र नामावलीमा रहेका त्रुटि सच्याउन पनि सक्नेछन्।
सेवाग्राहीको चाप बढेकाले दैनिक ८०० भन्दा बढी नाम दर्ता हुने जिल्लाहरूमा दुई सिफ्टमा १२ घण्टासम्म सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ। यसका लागि काठमाडौं उपत्यकाका तीन जिल्लामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना दर्ता कर्मचारी खटाइएको छ।
अन्य जिल्लामा भने प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयसँग अतिरिक्त जनशक्ति खटाउन पत्राचार गरिएको आयोगले जनाएको छ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
