उपत्यकामा ट्राफिक नियन्त्रणका लागि लामो दूरीका गाडी नयाँ नियम लागू
काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले नयाँ व्यवस्था लागू गरेको छ। अब उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिनहुइँका सार्वजनिक सवारी साधन तोकिएको बसपार्कबाट मात्रै छुट्न पाउनेछन्। सडक किनारमै यात्रु चढाउने–ओराल्ने प्रवृत्ति बढेपछि पिक आवरमा जाम अत्यधिक हुने गरेकाले यो कदम चालिएको बताइएको छ।
ट्राफिक प्रहरीका अनुसार लामो दूरीका सवारी साधनलाई दिँदै आएको बाटो इजाजतपत्रसमेत पुनरावलोकन गर्ने तयारी भइरहेको छ। उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार गर्न सम्बन्धित निकायहरूबीच समन्वय गर्दै आवश्यक पहल अगाडि बढाइनेछ।
यससँगै सडक अनुशासन मजबुत बनाउन रातो बत्ती उल्लङ्घन, लेन क्रस, तीव्र गति तथा मदिरा सेवन गरी सवारी चलाउने चालकहरूलाई अनिवार्य सचेतना कक्षा सञ्चालनमा ल्याइएको छ। सेवाग्राहीको सहजताका लागि अनलाइन सचेतना कक्षासमेत सुरु गरिएको छ।
नयाँ व्यवस्था लागू भएपछि अव्यवस्थित पार्किङ, अनावश्यक रोकावट र यात्रु व्यवस्थापनमा सुधार आउने र उपत्यकाको आवागमन अझ सहज र व्यवस्थित बन्ने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
