उपत्यकामा ट्राफिक नियन्त्रणका लागि लामो दूरीका गाडी नयाँ नियम लागू
काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले नयाँ व्यवस्था लागू गरेको छ। अब उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिनहुइँका सार्वजनिक सवारी साधन तोकिएको बसपार्कबाट मात्रै छुट्न पाउनेछन्। सडक किनारमै यात्रु चढाउने–ओराल्ने प्रवृत्ति बढेपछि पिक आवरमा जाम अत्यधिक हुने गरेकाले यो कदम चालिएको बताइएको छ।
ट्राफिक प्रहरीका अनुसार लामो दूरीका सवारी साधनलाई दिँदै आएको बाटो इजाजतपत्रसमेत पुनरावलोकन गर्ने तयारी भइरहेको छ। उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार गर्न सम्बन्धित निकायहरूबीच समन्वय गर्दै आवश्यक पहल अगाडि बढाइनेछ।
यससँगै सडक अनुशासन मजबुत बनाउन रातो बत्ती उल्लङ्घन, लेन क्रस, तीव्र गति तथा मदिरा सेवन गरी सवारी चलाउने चालकहरूलाई अनिवार्य सचेतना कक्षा सञ्चालनमा ल्याइएको छ। सेवाग्राहीको सहजताका लागि अनलाइन सचेतना कक्षासमेत सुरु गरिएको छ।
नयाँ व्यवस्था लागू भएपछि अव्यवस्थित पार्किङ, अनावश्यक रोकावट र यात्रु व्यवस्थापनमा सुधार आउने र उपत्यकाको आवागमन अझ सहज र व्यवस्थित बन्ने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
