Jankari Kendra
२६ श्रावण २०८३, मंगलवार
Worldlink

कान्ति लोकपथको एकान्तकुना खण्ड ६० दिन बन्द, यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, मंसिर, २०
कान्ति लोकपथको एकान्तकुना खण्ड ६० दिन बन्द, यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं । कान्ति लोकपथको एकान्तकुना खण्ड ६० दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथ सडक योजना अन्तर्गत एकान्तकुना क्षेत्रमा विस्तार तथा कटिङको काम भइरहेकाले त्यो क्षेत्रमा ६० दिनसम्म गाडी चलाउन बन्द गरिने जनाएको छ ।

सार्वजनिक सूचना निकाल्दै जिल्ला प्रशासनले मंसिर २० गतेदेखि ६० दिनका लागि दैनिक बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सडक खण्ड बन्द हुने जनाएको छ । योजनाअन्तर्गत आवश्यक प्राविधिक काम छिटो तथा प्रभावकारी रूपमा सम्पन्न गर्न सडक बन्द गरिने प्रशासनले जनाएको छ ।

यस अवधिमा लोकपथ हुँदै यात्रा गर्ने गाडी तथा यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । यो सडकको विकल्पमा कुलेखानी–कलङ्की–हुमाने सडक, कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडक, कुलेखानी–सिस्नेरी–दक्षिणकाली (फर्पिङ) सडक प्रयोग गर्न सकिनेछ ।

 

 

Top Changing Nepal

युट्युब सट्स