जनार्दनलाई गृह जिल्लामा देखाइयो कालो झण्डा
जानकारी केन्द्र
२०८२, मंसिर, २२
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्ला रुकुम पश्चिममा कालो झण्डा देखाइएको छ । गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई आज बिहान रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा देखाएर कार्यकर्ताले विरोध जनाएका छन्। पूर्वमाओवादी कार्यकर्ताहरुले नाराबाजीसमेत गरेका छन्।
प्रलोपा गठन गरेपछि उनी पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम पुगेका छन्। तत्कालिन नेकपा (माओवादी केन्द्र)का आठबिसकोट नगरपालिका कमिटीका पूर्वअध्यक्ष मानबहादुर चदारा नेतृत्वको टोलीले शर्मालाई कालोझण्डा देखाउन विमानस्थलको गेटमा पुगेको थियो । शर्माले आज जिल्लास्थित पार्टी कार्यालय उद्घाटन गर्ने र भोलि युवाहरूको कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।
सम्बन्धित समाचार
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा एनआइबिएल इक्विटी पार्टनर्सको लगानी
एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग
भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई राहत प्याकेज, नाडाद्वारा स्वागत
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

