रास्वपाले प्रत्यक्षतर्फको उम्मेदवारीका लागि गर्यो आवेदन खुला, आवेदन शुल्क कति ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवार छनोट प्रक्रियाअन्तर्गत आवेदन खुला गरेको छ। पार्टीको आन्तरिक उम्मेदवार छनौट रूपरेखा अनुसार मङ्सिर २१ गतेदेखि इच्छुक तथा योग्यता पुगेका पार्टी सदस्यले आवेदन दिन सक्ने व्यवस्था गरिएको हो।
रास्वपाका अनुसार उम्मेदवारीका लागि आवेदन पार्टीको आधिकारिक मोबाइल एपमार्फत् पेश गर्न सकिनेछ। आवेदन शुल्क २५ हजार रुपैयाँ तोकिएको छ। तर आर्थिक अभावका कारण शुल्क तिर्न नसक्ने विपन्न सदस्यलाई भने विशेष विवरणका आधारमा शुल्क मिनाहा गर्ने–नगर्ने निर्णय पार्टी केन्द्रीय सचिवालयले गर्नेछ। यसका लागि सरकारी निकायले जारी गरेको विपन्नता परिचयपत्र, पालिका समितिबाट प्राप्त सिफारिस र अन्य कागजात आवश्यक पर्नेछ।
उम्मेदवारी आवेदन तथा छनोट प्रक्रियासम्बन्धी थप जानकारी पार्टीको वेबसाइट, मोबाइल एप, केन्द्रीय निर्वाचन आयोग तथा पार्टीका विभिन्न तहका संरचनाबाट प्राप्त गर्न सकिने संयोजक विपिन कुमार आचार्यले जानकारी दिएका छन्।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

