मन्त्री घिसिङ : निर्णय नगर्ने रोगले रोकियो विकास आयोजना
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकास मन्त्री कुलमान घिसिङले देशभरिका विकास आयोजनाहरू रोकिनुको मुख्य कारण ‘निर्णय नगर्ने रोग’ भएको आरोप लगाएका छन्।
नेपाल पूर्वाधार पत्रकार समाजको रुग्ण ठेक्का सम्बन्धी छलफल कार्यक्रममा उनले मन्त्रालय र विभागमा ठेक्कासम्बन्धी स्पष्ट तथ्यांक नहुनु, समयमै निर्णय नलिने, जिम्मेवारीबाट पन्छिने प्रवृत्ति अब स्वीकार्य नहुने चेतावनी दिए।
सडक विभागमा करिब २,१०० ठेक्का चलिरहेको भए पनि ठेक्काको अवस्थाबारे स्पष्ट तथ्यांक नहुने उल्लेख गर्दै उनले स्थानीय र प्रदेश तहको परियोजनासहित १० हजारभन्दा बढी ठेक्का अलपत्र हुन सक्ने बताए ।
मन्त्री घिसिङले ठेक्का नलाग्दा वा काम रोकिँदा पुँजीगत खर्च ठप्प हुने, रोजगार र जिडिपीमा प्रत्यक्ष प्रभाव पर्ने बताए। भेरी–बबई डाइभर्सन परियोजनाको उदाहरण दिँदै उनले प्लानिङ र टाइमिङमा त्रुटि हुँदा राज्यले अर्बौँ ब्याज तिर्नु परेको बताए।
उनले भने, “सही नियतले निर्णय गर्दा डराउनुपर्दैन। काम नगर्ने ठेकेदार र निर्णय नगर्ने कर्मचारी दुवैलाई कठोर कारबाही गरिनेछ। आवश्यक परे ऐन संशोधन गरेर समस्या समाधान गरिनेछ।”
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
