एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक
काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई थप सुविधा र अझै उत्कृष्ट बैंकिङ्ग अनुभव प्रदान गर्ने उद्देश्यले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरु सार्वजनिक गरेको छ।
बैंकले ग्राहकहरूको बदलिँदो जीवनशैली र आवश्यकतालाई ध्यानमा राख्दै प्लाटिनम डेबिट डिलाइट कार्ड सार्वजनिक गरेको हो। यी कार्डहरूले ग्राहकको दैनिकबैंकिङ्ग अनुभवलाई सहज र प्रिमियम बनाउने विश्वास बैंकले लिएको छ।
नयाँ प्लाटिनम कार्डधारकहरूले विभिन्न प्रिमियम आउटलेटहरूमा आकर्षक छुटका साथैविमानस्थलहरूमा लाउन्ज सुविधा पाउनेछन् (सर्तहरू लागू हुने)। विशेषगरी धेरै यात्रा गर्ने रबैंकिङ्ग सेवामा लचकता खोज्ने ग्राहकहरूका लागि प्लाटिनम डेबिट डिलाइट कार्ड निकै उपयोगी हुने देखिन्छ।
यस कार्डमार्फत ग्राहकहरूले नेपालभरका कुनै पनि बैंकको एटिएमबाटनिस्शुल्क नगद झिक्न सक्नेछन् भने भारतमा नगद झिक्दा समेत विशेष सहुलियत पाइनेछ । डिजिटल बैंकिङ्गमा सधैं अगाडि रहने एनएमबि बैंकले आफ्ना ग्राहकलाई विशेषअनुभव प्रदान गर्न यी अत्याधुनिक सुविधाहरू ल्याएको बताएको छ।
यी नयाँ विशेषताहरूलेग्राहकहरूलाई उत्कृष्ट डिजिटल बैंकिङ्ग अनुभव र विशिष्ट पहिचान प्रदान गर्नेमा बैंक विश्वस्तरहेको छ। यी नयाँ कार्डहरूबारे थप जानकारी लिन वा सेवा लिन चाहने ग्राहकहरूले आफ्नो नजिकैकोएनएमबि बैंकको शाखामा सम्पर्क गर्न वा बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्नेछन्।एनएमबि बैंकले हाल देशभर रहेका २०२ शाखा, १८४ एटिएम र ९ वटा एक्स्टेन्सनकाउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई भरपर्दो वित्तीय सेवा दिँदै आएको छ।
सम्बन्धित समाचार
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ अघि नै काठमाडौंमा देखियो चेरी क्यु
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

