Jankari Kendra
२७ श्रावण २०८३, बुधबार
Worldlink

विद्यादेवी सरस्वतीको पूजा गरी आज श्रीपञ्चमी पर्व मनाइँदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, माघ, १०
विद्यादेवी सरस्वतीको पूजा गरी आज श्रीपञ्चमी पर्व मनाइँदै

काठमाडौं । विद्याकी देवी सरस्वतीको पूजाअर्चना गर्दै आज देशभर श्रीपञ्चमी पर्व मनाइँदै छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वलाई बसन्त पञ्चमीका नामले पनि चिनिन्छ ।

बसन्त ऋतुको आगमन, सूर्य उत्तरायणतर्फ लाग्नु र दिन लामो हुन थाल्ने भएकाले यस दिनलाई बसन्त पञ्चमी भनिएको हो । यस अवसरमा विणा र पुस्तक लिएकी विद्यादेवी सरस्वतीको पूजा गर्ने परम्परा रहेको छ ।

श्रीपञ्चमीका दिन बालबालिकालाई अक्षराम्भ गराउने तथा नाक–कान छेड्ने शुभ दिनका रूपमा पनि लिने गरिन्छ । साहित्यकार, कलाकार, संगीतकर्मी, पत्रकार र शिक्षकले आफ्ना कला–साधनाका सामग्रीको पूजा गर्ने चलन छ ।

उपत्यकासहित देशभरका सरस्वती मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । काठमाडौं उपत्यकामा स्वयम्भू, मैतीदेवी, गैह्रीधारास्थित नील सरस्वती, ललितपुरको लेलेलगायत स्थानमा विशेष पूजा भइरहेको छ ।

शुभकार्यका लागि साइत हेर्न नपर्ने पवित्र दिनका रूपमा समेत श्रीपञ्चमीलाई लिइन्छ । धार्मिक विश्वासअनुसार सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या–बुद्धि बढ्ने मान्यता छ ।

यसैदिन काठमाडौंको हनुमानढोकास्थित नासलचोकमा पुरोहितबाट विधिपूर्वक कथा वाचन गरी वसन्त श्रवण गर्ने परम्परा पनि रहिआएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स