निर्वाचन सकिएको कति समयमा निर्वाचन परिणाम सार्वजनिक हुन्छ ?
काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित रुपमा संकलन गरेर गणना प्रक्रिया सुरु गर्ने । निर्वाचन आयोगकका अनुसार मतपेटिका संकलन भइसकेपछि प्रत्यक्ष प्रणालीतर्फको मतगणना सूरु भएको २४ घण्टाभित्र प्रारम्भिक परिणाम सार्वजनिक गर्ने लक्ष्य रहेको छ । साथै फागुन २५ गतेभित्र सम्पुर्ण निर्वाँचन परिणाम सार्वजनिक गर्ने योजना रहेको बताइएको छ ।
तर पुर्वप्रमुख निर्वाचन आयुक्तहरुले भौगोलिक विकटता,मौसमको अवस्था र यातायात तथा सञ्चारको कठिनाइका कारण सबै ठाउँबाट मतपेटिका समयमै संकलन गर्न चुनौती हुने बताएका छन् । हिमाली तथा दुर्गम क्षेत्रमा हेलिकप्टर वा पैदलमार्गबाट ढुवानी गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले परिणाम आउन केहि दिनदेखि करिब १० दिनसम्म लाग्न सक्ने उनीहरुको भनाइ रहेको छ । कतिपय ठाउँमा सुरक्षा व्यवस्था र मतगणनाका क्रममा हुने विवाद समाधान गर्न पनि समय लाग्ने उल्लेख गरिएको छ ।
आयोगले प्रत्यक्ष प्रणालीको गणना सकेपछि समानुपातिक प्रणलीको मतगणना सुरु गर्ने र दलहरुले प्राप्त गर्ने सिट संख्या निर्धारण गरी सम्बन्धित दललाई जानकारी गराउने प्रक्रिया अपनाउने जनाएको छ । त्यस्तैगरी आयोगले निर्धारित समयभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरे पनि प्राविधिक र भौगोलिक कारणले केहि ढिलाइ हुन सक्ने अवस्था रहेको बताइएको छ ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
