निर्वाचन सकिएको कति समयमा निर्वाचन परिणाम सार्वजनिक हुन्छ ?
काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित रुपमा संकलन गरेर गणना प्रक्रिया सुरु गर्ने । निर्वाचन आयोगकका अनुसार मतपेटिका संकलन भइसकेपछि प्रत्यक्ष प्रणालीतर्फको मतगणना सूरु भएको २४ घण्टाभित्र प्रारम्भिक परिणाम सार्वजनिक गर्ने लक्ष्य रहेको छ । साथै फागुन २५ गतेभित्र सम्पुर्ण निर्वाँचन परिणाम सार्वजनिक गर्ने योजना रहेको बताइएको छ ।
तर पुर्वप्रमुख निर्वाचन आयुक्तहरुले भौगोलिक विकटता,मौसमको अवस्था र यातायात तथा सञ्चारको कठिनाइका कारण सबै ठाउँबाट मतपेटिका समयमै संकलन गर्न चुनौती हुने बताएका छन् । हिमाली तथा दुर्गम क्षेत्रमा हेलिकप्टर वा पैदलमार्गबाट ढुवानी गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले परिणाम आउन केहि दिनदेखि करिब १० दिनसम्म लाग्न सक्ने उनीहरुको भनाइ रहेको छ । कतिपय ठाउँमा सुरक्षा व्यवस्था र मतगणनाका क्रममा हुने विवाद समाधान गर्न पनि समय लाग्ने उल्लेख गरिएको छ ।
आयोगले प्रत्यक्ष प्रणालीको गणना सकेपछि समानुपातिक प्रणलीको मतगणना सुरु गर्ने र दलहरुले प्राप्त गर्ने सिट संख्या निर्धारण गरी सम्बन्धित दललाई जानकारी गराउने प्रक्रिया अपनाउने जनाएको छ । त्यस्तैगरी आयोगले निर्धारित समयभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरे पनि प्राविधिक र भौगोलिक कारणले केहि ढिलाइ हुन सक्ने अवस्था रहेको बताइएको छ ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

