काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ। देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।
विजयी हुने क्रममा कपिलवस्तु क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका उम्मेदवार मोहनलाल आचार्य ३४,१४८ मतका साथ विजय भएका छन्।
उनका निकटम प्रतिद्धन्दी स्वतन्त्रका उम्मेदवार आशिष शर्माले १५,८६० मत प्राप्त गरेका छन् भने ९,३४३ मत सहित तेस्रो स्थानमा नेपाली कांग्रेस पार्टीका अतहर कमाल मुसलमान रहेका छन्।


