काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ। देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।
विजयी हुने क्रममा महोत्तरी क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि सभाकी उम्मेदवार गौरी कुमारी ३०,१३२ मतका साथ विजय भएकी छिन्।
उनका निकटम प्रतिद्धन्दी जनता समाजवादी पार्टी नेपालका सुरेन्द्रकुमार यादव ८,७४४ ले मत प्राप्त गरेका छन् भने ६,९४४ मत सहित तेस्रो स्थानमा नेपाली कांग्रेस पार्टीका महेन्द्रकुमार राय रहेका छन्।


