लायन्स डिष्ट्रिक्ट ३२५ एल नेपालको चौथो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
काठमाडौँ । ललितपुरमा लायन्स क्लब्स इन्टरनेसनल अन्तर्गतको डिष्ट्रिक्ट ३२५ एल नेपालको चौथो ऐतिहासिक महाधिवेशन सम्पन्न भएको छ। शनिबार आयोजित उक्त महाधिवेशन मजेस्टिक ग्रान्डमा लायन्स क्लब अफ काठमाडौँ शुभ आरम्भको आतिथ्यतामा सभ्य र भव्य रूपमा सम्पन्न भएको बताइएको छ।
कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर लायन एक नारायण शर्मा, लायन गंगा देवी ढकाल तथा पास्ट इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुलाकोटीको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी पास्ट इन्टरनेशनल डाइरेक्टर लायन संजय खेतान, एलसीआईएफ कोअर्डिनेटर लायन राजन लम्साल, जीएटी एरिया कोअर्डिनेटर लायन शम्भु प्रसाद घिमिरे, जीएमटी कोअर्डिनेटर लायन मणिश्री रत्न बज्राचार्य, पास्ट डिष्ट्रिक्ट गभर्नरहरू, भाइस डिष्ट्रिक्ट गभर्नरहरू, डिष्ट्रिक्ट पदाधिकारी, क्लब अध्यक्ष तथा सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

महाधिवेशनको सफल आयोजनाका लागि आयोजक क्लबका अध्यक्ष बिन्जु श्रेष्ठसहित सुरज कार्की, राजेश श्रेष्ठ, सुरेन्द्र सांगाई लगायत सम्पूर्ण क्लब परिवारप्रति धन्यवाद व्यक्त गरिएको थियो। साथै, रजिष्ट्रेशन कमिटी संयोजक महेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा कार्यरत टोली, स्मारिका प्रकाशनमा सहयोग गर्ने लायन लिडरहरू, सहयोगी संस्था तथा प्रायोजकहरूप्रति पनि कृतज्ञता प्रकट गरिएको थियो। उत्कृष्ट व्यवस्थापनका लागि मजेस्टिक ग्रान्ड परिवारलाई विशेष धन्यवाद दिइएको थियो।
महाधिवेशनबाट लायन वर्ष २०२६–२७ का लागि नयाँ नेतृत्व चयन गरिएको जनाइएको छ। डिष्ट्रिक्ट गभर्नर पदमा लायन तारा भुसाल, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा तेजनारायण पराजुली र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन मनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन्। निर्वाचित नेतृत्वलाई मजेस्टिक ग्रान्डमा लायन्स क्लब अफ काठमाडौं शुभ आरम्भका तर्फबाट सगुन, खादा र मालासहित बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।
सम्बन्धित समाचार
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
