वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ
काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म देशका २० वटा वाणिज्य बैंकले कुल ४३ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.८९ प्रतिशतले मात्रै बढी हो । अघिल्लो वर्ष यही अवधिमा बैंकहरूले ४३ अर्ब ४९ करोड ६५ लाख रुपैयाँ नाफा कमाएका थिए । यसले बैंकिङ क्षेत्रमा नाफा वृद्धिदर सुस्त रहेको देखाउँछ ।
फागुनसम्मको विवरण अनुसार नबिल बैंकले सबैभन्दा धेरै ६ अर्ब ७ करोड ४१ लाख रुपैयाँ नाफा कमाउँदै अग्रस्थान कायम गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ७८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
त्यस्तै, ग्लोबल आइएमई बैंकले ४ अर्ब ६२ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । यद्यपि, यो नाफा गत वर्षको सोही अवधिको तुलनामा २.२६ प्रतिशतले घटेको छ । समग्रमा बैंकहरूको नाफा सामान्य रूपमा बढे पनि अपेक्षित दरमा सुधार हुन नसकेको देखिएको छ ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
