• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ जेठ २०८३, सोमबार
१८ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘इसेवा ह्याकाथन २०२६’ सौराहामा सम्पन्न : नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी
  • ११ घण्टा 

रणवीर र रश्मिकासँग कजारिया रमेश टायल्सको ‘घरमा कजारिया…’ अभियान सार्वजनिक
  • १२ घण्टा 

पल्सर आरपीएम सम्पन्न  : युवा सिर्जनशीलता र साहसिक खेलकुदको उत्साहपूर्ण उत्सव
  • १४ घण्टा 

तीन प्रतिशत ‘शिक्षा समता शुल्क’ बारे नेसनल प्याब्सनसहित अभिभावक संघबिच छलफल, सरकारसँग संवाद अघि बढाइने
  • १५ घण्टा 

नाडा अटो शो – २०२६ भदौ ९ देखि १४ सम्म हुने, स्टल बुकिङ खुल्ला
  • १६ घण्टा 

सानिगाड हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
  • १७ घण्टा 

एमएडब्लू राइड्सद्वारा यामाहा सेल्स स्किल कन्टेस्टका क्षेत्रीय विजेता घोषणा, राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु
  • १८ घण्टा 

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात
  • १९ घण्टा 

काठमाडौं महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. चेम्बर अध्यक्ष अग्रवाल र साउदी राजदूत मनिकरबीच द्विपक्षीय व्यापार तथा लगानीबारे छलफल

  • २. रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै

  • ३. प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

  • ४. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ५. अर्थतन्त्रको आकार ६६ खर्ब, प्रतिव्यक्ति आय १ हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने अनुमान

  • ६. ट्रक दुर्घटना हुँदा चालकको निधन

  • ७. २०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. छुट्ला है शनिबार ! स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

  • ९. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन

एनआईबीएल इक्विटी पार्टनर्सको गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी सम्झौता

जानकारी केन्द्र २०८२, चैत्र, २६

काठमाडौं । एनआईबीएल इक्विटी पार्टनर्सले गोर्खाज हिमालयन हाइड्रो लिमिटेडमा १५ करोड लगानी लगानीसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबन)मा विशेष लगानी कोष (एसआइएफ) को रूपमा दर्ता भएको र एनआईएमबी एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थित एनआईबीएल इक्विटी पार्टनर्सले गुर्खाज हिमालयन हाइड्रो लिमिटेडमा १५ करोड रुपैयाँको इक्विटी लगानी गरिएको बताइएको छ ।

गुर्खाज हिमालयन हाइड्रो लिमिटेड कोशी प्रदेशको सोलुखुम्बु जिल्लास्थित सोलुदुधकुण्ड नगरपालिकामा निर्माणाधीन ५.८७५ मेगावाट क्षमताको माथिल्लो जुनबेसी खोला जलविद्युत आयोजनाको प्रवर्धक कम्पनी रहेको छ । आयोजनाबाट वार्षिक करिब ३५.४३ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ भने जसमध्ये करिब ३३ प्रतिशत उत्पादन सुक्खायाममा हुने जनाइएको  छ ।

आयोजनाले ५.८७५ मेगावाटको सम्पूर्ण विद्युत् बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता पीपीए गरिसक्नुका साथै उत्पादित विद्युतलाई ३३ केभी प्रसारण लाइनमार्फत तिङ्गला सबस्टेशनमा जोडिने एनआईबीएल इक्विटी पार्टनर्सको विश्वास रहेको छ ।

एनआईबीएल इक्विटी पार्टनर्सका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले भने, “यो लगानी हाम्रो पोर्टफोलियोमा एउटा महत्त्वपूर्ण उपलब्धि हो। यसले साना आकारका जलविद्युत र स्वच्छ ऊर्जाका क्षेत्रमा लगानी गर्ने हाम्रो रणनीतिक लक्ष्यलाई फेरि एकपटक प्रस्ट पारेको छ। यस्ता आयोजनाले स्थानीय ऊर्जा सुरक्षा र आर्थिक विकासमा ठूलो टेवा पुर्याउन हाम्रो दृढ विश्वास छ।”

गोर्खाज हिमालयन हाइड्रो लिमिटेडका प्रबन्ध निर्देशक सन्तोष भट्टराईले भने, “माथिल्लो जुनबेसी खोला आयोजनाको यो निकै महत्त्वपूर्ण चरणमा एनआईबिएल इक्विटी पार्टनर्ससँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौँ। यो साझेदारीले आयोजनाको निर्माण कार्यलाई अझै गति दिनेछ र यसलाई समयमै सम्पन्न गर्न मद्दत पुर्याउनेछ । हाम्रो यो सहकार्यले दुर्गम क्षेत्रमा भरपर्दो विद्युत आपूर्ति बढाउनुका साथै दिगो र स्वच्छ ऊर्जातर्फको नेपालको दीर्घकालीन सोचलाई साकार पार्न सहयोग पुग्ने विश्वास लिएका छौँ।”

आयोजनाको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ भने यस आयोजनाबाट सन् २०२७ अगस्टदेखि व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको बताइएको छ ।

एनआईबीएल इक्विटी पार्टनर्सको बारेमा
एनआईबीएल इक्विटी पार्टनर्स, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको सहायक कम्पनी एनआईएमबी एस क्यापिटलको प्राइभेट इक्विटी पहल रहनुका साथै एनआईएमबी एस क्यापिटल देशकै ठूलो र सक्रिय बैंकिङ एवं पूँजी बजार संस्थाहरूमध्ये एक मानिन्छ।

यस कोषको लगानी गर्ने शैलीमा दुई प्रतिष्ठित संस्थाहरूको अनुभव र नवीन सोचको फ्युजन (मिश्रण) देखिन्छ। एनआईबीएल इक्विटी पार्टनर्सले नेपालका उच्च सम्भावना बोकेका र द्रुत गतिमा विस्तार भइरहेका कम्पनीहरूलाई पुँजी उपलब्ध गराउँदै आएको जनाइएको छ । यसले कम्पनीहरूलाई व्यावसायिक कुशलता, दिगो मूल्य अभिवृद्धि र एक–अर्कामा सहयोगी हुने व्यावसायिक वातावरण (इकोसिस्टम) निर्माण गर्न समेत मार्गदर्शन गर्दछ ।

गोर्खाज हिमालयन हाइड्रो लिमिटेडको बारेमा
गोर्खाज हिमालयन हाइड्रो लिमिटेड सोलुखुम्बुमा निर्माणाधीन ’माथिल्लो जुनबेसी खोला जलविद्युत आयोजना’ को विकासकर्ता कम्पनी हो। यस कम्पनीको नेतृत्व जलविद्युत क्षेत्रका अनुभवी प्राविधिक विज्ञहरूले गरिरहेका छन्, जोसँग जलविद्युत आयोजनाको निर्माण र परामर्श सेवामा लामो अनुभव रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘इसेवा ह्याकाथन २०२६’ सौराहामा सम्पन्न : नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी
रणवीर र रश्मिकासँग कजारिया रमेश टायल्सको ‘घरमा कजारिया…’ अभियान सार्वजनिक
पल्सर आरपीएम सम्पन्न  : युवा सिर्जनशीलता र साहसिक खेलकुदको उत्साहपूर्ण उत्सव

ताजा

‘इसेवा ह्याकाथन २०२६’ सौराहामा सम्पन्न : नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी

रणवीर र रश्मिकासँग कजारिया रमेश टायल्सको ‘घरमा कजारिया…’ अभियान सार्वजनिक

पल्सर आरपीएम सम्पन्न  : युवा सिर्जनशीलता र साहसिक खेलकुदको उत्साहपूर्ण उत्सव

तीन प्रतिशत ‘शिक्षा समता शुल्क’ बारे नेसनल प्याब्सनसहित अभिभावक संघबिच छलफल, सरकारसँग संवाद अघि बढाइने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.