तरलता नियन्त्रण गर्न राष्ट्र बैँकले १ खर्ब २५ अर्ब रुपैँया निक्षेप संकलन गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैँकले वित्तीय प्रणालीमा देखिएको उच्च तरलता व्यवस्थापन गर्न आज १ खर्ब रुपैँया बराबरको निक्षेप उठाउने भएको छ । केन्द्रीय बैँकले निक्षेप संकलन उपकरणमार्फत बजारबाट रकम तान्ने योजना अघि सारेको हो ।
हाल बैँक तथा वित्तिय संस्थामा पर्याप्त निक्षेप रहे पनि कर्जा प्रवाह भने उल्लेखनीय रुपमा बढ्न सकेको छैन । आर्थिक गतिविधि अपेक्षा अनुसार नबढ्दा बजारमा नगद मौज्दात उच्च नै रहेको देखिएको छ ।
बोलकबोल प्रक्रियामा ‘क’ ‘ख’ र ग वर्गका बैँक तथा वित्तीय संस्थालाई मात्र सहभागी हुन दिइनेछ । प्रस्तावित ब्याजदर मध्ये कम प्रस्ताव गर्ने संस्थालाई प्राथमिकतामा राखेर रकम बाँडफाँड गरिने राष्ट्र बैँकले जनाएको छ ।
यो प्रक्रिया अनलाइनमार्फत सञ्चालन हुनेछ र संकलित रकमको सावाँ तथा ब्याज २०८३ वैशाख २ गते भुक्तानी गरिनेछ । न्यूनतम बोल रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीम ५ करोड रुपैँयाका गुणकमा कायम गरिएको छ ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
