काठमाडौँमा नयाँ वर्षदेखि रात्रिकालीन बस सेवा सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ वर्षदेखि रात्रिकालीन बस सेवा सुरु नयाँ वर्षको अवसर पारेर रात्रिकालीन सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएको छ । महानगरले साझा यातायातसँगको सहकार्यमा बैशाख १ गतेदेखि बेलुका ८ बजेदेखि राति ११ बजेसम्म सेवा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।
प्रारम्भिक चरणमा दुईवटा मुख्य रुटमा सेवा सञ्चालन गरिनेछ ।
पहिलो रुट :
ललितपुरको लगनखेलबाट सुरु भई पाटन अस्पताल, अल्का, नर्भिक अस्पताल, प्रसुति गृह, ट्रमा सेन्टर ,वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल ह्रदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म बस सञ्चालन हुनेछ ।
दोस्रो रुट :
थानकोटबाट सुरु भई सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म सेवा विस्तार गरिनेछ ।
यी दुवै रुटमा प्रारम्भिक रुपमा ४ वटा विद्युतीय बस सञ्चालन गरिनेछन् । यात्रुलाई सहज बनाउन तोकिएका बस स्टपहरुमा प्रत्येक २० मिनेटको अन्तरालमा बस उपलब्ध हुने बताइएको छ ।
यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै बसहरुमा सीसीटिभी क्यामरा जडान गरिनेछ भने आवश्यक सुरक्षा व्यवस्थाका लागि नगर प्रहरी प्रहरी परिचालन गरिने महानगरपालिकाले जनाएको छ ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
