रास्वपाको निर्णयः मन्त्रीहरुले १८ हजार र सांसदले १६ हजार रुपैँया लेबी बुझाउनुपर्ने
जानकारी केन्द्र
२०८३, बैशाख, ३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना मन्त्री तथा सांसदहरुबाट मासिक लेबी संकलन गर्ने निर्णय गरेको छ । पार्टीको संसदीय दलको बैठकले यो प्रस्तावलाई औपचारिक रुपमा अनुमोदन गरेको छ ।
सिंहदरबारमा बसेको बैठकपछि मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिँदै सांसद र मन्त्रीका लागि फरक फरक रकम तोकिएको बताए । निर्णयअनुसार सांसदहरुको मासिक १६ हजार ५ सय रुपैँया बुझाउनुपर्नेछ भने मन्त्रीहरुका लागि यो रकम १८ हजार रुपैँया निर्धारण गरिएको छ।
त्यस्तैगरी मन्त्रीसँग कार्यरत स्वकीय सचिवका हकममा पनि लेबी लागू गरिने भएको छ । उनीहरुका लागि मासिक २ हजार रुपैँया तिर्ने व्यवस्था गरिएको बताइएको छ । पार्टीले आन्तरिक व्यवस्थापन तथा गतिविधि सञ्चालनलाई व्यवस्थित बनाउन यस्तो लेबी प्रणाली लागू गरेको जनाइएको छ ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
