रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आज दिउँसो साढे ३ बजे बस्ने तय भएको बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनलगायत सम्बन्धमा छलफल हुने जनाइएको छ ।
यसैगरी बैठकमा प्रतिनिधिसभा सदस्यको संगठनात्मक जिम्मेवारी, बैंक खाता सञ्चालन , संसदीय दलका लागि प्राविधिक सहायता तथा लेबी सम्बन्धमा छलफल हुने बताइएको छ ।
यस्ता छन सचिवलायमा बैठकका लागि तय गरिएका ६ वटा एजेन्डा : पहिलो, रास्वपाको जिल्ला अधिवेशनको कार्यविधि, २०८३ बारे छलफल हुनेछ। दोस्रो, बैंक खाता सञ्चालन सम्बन्धी एजेन्डा रहेको छ। तेस्रो एजेन्डामा केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयन रहेको छ भने चौथो, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन सम्बन्धी रहेको छ। त्यस्तै, पाँचौ विज्ञहरू, योजनाहरू आह्वान गर्ने र छैटौँमा प्रतिनिधि सभाका सदस्यहरूको संगठनात्मक जिम्मेवारी, केन्द्रीय समिितको बैठक, संसदीय दलको लागि प्राविधिक सहायता एवं लेबी सम्बन्धी विषयमा छलफल हुने जनाइएको छ ।
सम्बन्धित समाचार
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
आज धेरै ठाउँमा वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

