रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आज दिउँसो साढे ३ बजे बस्ने तय भएको बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनलगायत सम्बन्धमा छलफल हुने जनाइएको छ ।
यसैगरी बैठकमा प्रतिनिधिसभा सदस्यको संगठनात्मक जिम्मेवारी, बैंक खाता सञ्चालन , संसदीय दलका लागि प्राविधिक सहायता तथा लेबी सम्बन्धमा छलफल हुने बताइएको छ ।
यस्ता छन सचिवलायमा बैठकका लागि तय गरिएका ६ वटा एजेन्डा : पहिलो, रास्वपाको जिल्ला अधिवेशनको कार्यविधि, २०८३ बारे छलफल हुनेछ। दोस्रो, बैंक खाता सञ्चालन सम्बन्धी एजेन्डा रहेको छ। तेस्रो एजेन्डामा केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयन रहेको छ भने चौथो, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन सम्बन्धी रहेको छ। त्यस्तै, पाँचौ विज्ञहरू, योजनाहरू आह्वान गर्ने र छैटौँमा प्रतिनिधि सभाका सदस्यहरूको संगठनात्मक जिम्मेवारी, केन्द्रीय समिितको बैठक, संसदीय दलको लागि प्राविधिक सहायता एवं लेबी सम्बन्धी विषयमा छलफल हुने जनाइएको छ ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
