• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२९ बैशाख २०८३, मङ्गलबार
२९ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श
  • १० घण्टा 

नेपाली बजारमा एमजी एस६ ईभी सार्वजनिक, कतिपर्छ मुल्य ?
  • १० घण्टा 

जेएसडब्लुएमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेशनसँग साझेदारी विस्तार
  • ११ घण्टा 

मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक
  • १३ घण्टा 

२०८३ वैशाख ३० गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १३ घण्टा 

फोटोन नेपालको ‘कस्टमर मिट एण्ड ग्रिट’ : आफ्टर सेल्स सर्भिस र ईभीप्रतिको विश्वास बढाउने प्रयास
  • १४ घण्टा 

यती एअरलाईन्सको आईपीओ निष्काशनमा एनआइएमबि एस क्यापिटल नियुक्त
  • १५ घण्टा 

एसईई नतिजामा सुधार, कुन प्रदेशबाट कति विद्यार्थी उत्तीर्ण ?
  • १७ घण्टा 

कजारियाको नयाँ शोरुम अब हापुरे, दाङमा : प्रिमियम टायल कलेक्सनको शुभारम्भ
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. अब कम्पनी दर्ता एक दिनमै, खारेजी पाँच दिनभित्र

  • २. २०८३ वैशाख २९ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

  • ४. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ५. २०८३ वैशाख ३० गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा

  • ७. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक

  • १०. एसईई २०८३ को नतिजाका लागि स्प्यारो एसएमएसको सेवा निरन्तर, ३५००१ बाट नतिजा हेर्न सकिने

आतिथ्यता, समुदाय र संस्कृतिका सात वर्ष : काठमाडौं मेरियट होटलले मनायो ऐतिहासिक वार्षिकोत्सव

जानकारी केन्द्र २०८३, बैशाख, १७

काठमाडौं । नेपालकै अग्रणी लक्जरी होटलमध्ये एक काठमाडौं मेरियट होटलले मंगलबार आफ्नो सातौं वार्षिकोत्सव मनाएको छ। नेपाललाई ग्लोबल हस्पिटालिटीको क्षेत्रमा स्थान दिलाउनुपर्छ भन्ने दृढ विश्वासबाट सुरु भएको यो यात्रा आज मानिस, साझेदारी र उद्देश्यको एक प्रेरणादायी कथामा परिणत भएको बताइएको छ।

स्थापनादेखि नै काठमाडौं मेरियट होटलले केवल व्यवसाय सञ्चालन मात्र गरेको छैन, बरु यसले नेपालमा गहिरो जरा गाड्नुका साथै आफू स्थापित शहरबाट प्रेरणा लिँदै होटलले काठमाडौंको आत्मीयता, समृद्ध संस्कृति र धैर्यलाई आफ्ना सम्पूर्ण सेवाहरूमा समेटेको जनाएको छ।

होटलका संचालक गौरव अग्रवालले सुरुवाती दिनहरू सम्झँदै भने, “सात वर्षअघि यो केवल व्यवसायिक निर्णय मात्र थिएन, एउटा विश्वास थियो। नेपाल, यहाँका आत्मीय मानिस, समृद्ध संस्कृति र भव्य प्राकृतिक सौन्दर्यले विश्वकै हस्पिटालिटी क्षेत्रमा उत्कृष्ट स्थान पाउन योग्य छ भन्ने विश्वास। त्यसबेला हामी केवल भवन निर्माण गरिरहेका थिएनौं, हामी विश्वासको जग हालिरहेका थियौं, उच्चस्तरीय मापदण्ड बनाइरहेका थियौं। हामी त बलियो प्रतिवद्धता निर्माण गरिरहेका थियौं।”

त्यस्तै, महाप्रबन्धक शंकुष महाजनले भने, “सात वर्षको यात्रा पार गरिसकेपछि अब हाम्रो लागि लक्जरी भनेको जिम्मेवारी पनि हो। जिम्मेवार स्रोत व्यवस्थापनदेखि ऊर्जा दक्षतासम्म, हामी एलईईडी गोल्ड सर्टिफाइड होटल हुन पाउँदा गर्व गर्छौं। यस स्थानलाई आजको स्वरूप दिन सहयोग गर्नुहुने सबैप्रति हार्दिक धन्यवाद।”

वार्षिकोत्सव समारोहमा विशिष्ट अतिथीहरू, ग्राहकहरू, ट्राभल एजेन्ट तथा होटलसँग सम्बन्धित परिवार र शुभेच्छुकको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपालका चर्चित पर्वतारोही, गिनिज वर्ल्ड रेकर्ड बनाउन सफल तथा पिओलेट डि’ओर एशिया प्राप्त गर्ने पहिलो नेपाली मिंग्मा डेभिड शेर्पाको उपस्थिति थियो। पर्वतारोहण क्षेत्रको ‘ओस्कार’ मानिने उक्त सम्मान प्राप्त गरेका शेर्पाको उपस्थिति नेपाली उत्कृष्टता, महत्वाकांक्षा र गौरवको उत्सव सम्मिलित साँझको थिमसँग पूर्ण रूपमा मेल खान्थ्यो।

यो साँझले लक्जरीसँगै जिम्मेवारी पनि आउँछ भन्ने काठमाडौँ मेरियट होटलको विश्वासलाई प्रतिबिम्बित गरेको थियो। पाहुनाहरूलाई सम्झनाको चिनोस्वरूप गमलासहितको बिरुवा प्रदान गर्नुका साथै होटलको दिगोपनाप्रतिको प्रतिबद्धताको सानो तर अर्थपूर्ण संकेत दिएको थियो। बलरूममा तीन पटक राष्ट्रिय पुरस्कार प्राप्त कलाकार कृष्ण लामाका कलाकृतिहरू प्रदर्शन गरिएका थिए, जसमा बेइजिङ इन्टरनेशनल आर्ट बिएन्नेलबाट भर्खरै ल्याइएको चित्र पनि समावेश थियो। ती कलाकृतिको बिक्रीबाट प्राप्त नगदको केही हिस्सा प्रिजनर्स असिस्टेन्स नेपाललाई प्रदान गरिने व्यवस्था गरिएको थियो। प्रिजनर्स असिस्टेन्स नेपालकि अध्यक्ष सुवानी आले मगरको उपस्थितिले पनि यस साँझलाई अझ अर्थपूर्ण बनाएको थियो, जुन केवल उत्सव मात्र नभई उद्देश्यसँग जोडिएको कार्यक्रम पनि थियो।

काठमाडौं मेरियट होटलले नेपाललाई विश्वमञ्चमा स्थापित गर्ने लक्ष्यसहित विभिन्न महत्वपूर्ण पहलहरू सञ्चालन गर्नुका साथै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने प्रतिबद्धता अनुरुप होटल सन् २०१९ मा मेरियट इन्टरनेशनलको विश्वव्यापी अभियानमा सहभागी भएको थियो। सन् २०२३ सम्म आइपुग्दा, होटलले नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै साझेदारी विस्तार गरेको छ र आतिथ्य केवल गन्तव्य मात्र नभई पाहुनासँगको सम्बन्ध पनि हो भन्ने सन्देश दिएको छ।

स्थापनाको सात वर्षमा काठमाडौं मेरियट होटल नेपालका सबैभन्दा परिचित लक्जरी आतिथ्य गन्तव्यमध्ये एकका रूपमा स्थापित रहनुका साथै निरन्तर सेवा, सामुदायिक सहभागिता र सांस्कृतिक लगानीमार्फत यसले आफ्नो अन्तर्राष्ट्रिय ब्रान्डलाई स्थानीय सन्दर्भमा सफलतापूर्वक रूपान्तरण गरेको जनाइएको छ।

राजधानीको मुटुमा अवस्थित काठमाडौं मेरियट होटल नेपालको प्रमुख लक्जरी आतिथ्य गन्तव्य हो। मेरियट इन्टरनेशनलको विश्वव्यापी नेटवर्क अन्तर्गत रहेको यस होटलले विश्वस्तरीय सेवा मापदण्डलाई नेपालका मानिस, संस्कृति र समुदायप्रतिको गहिरो प्रतिबद्धतासँग जोडेको छ। सन् २०१९ मा स्थापना भएदेखि यो होटल फुर्सदिला यात्री, व्यवसायिक पाहुना तथा स्थानीय साझेदारहरूका लागि विश्वासिलो गन्तव्यका रूपमा स्थापित भएको बताइएको छ।

  • काठमाडौं मेरियट होटल
  • होटल मेरियट
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श
नेपाली बजारमा एमजी एस६ ईभी सार्वजनिक, कतिपर्छ मुल्य ?
जेएसडब्लुएमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेशनसँग साझेदारी विस्तार

ताजा

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

नेपाली बजारमा एमजी एस६ ईभी सार्वजनिक, कतिपर्छ मुल्य ?

जेएसडब्लुएमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेशनसँग साझेदारी विस्तार

मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.